Under Featured Image in News Page

मुम्बई(एजेन्सी)—यो सिजनको आईपिएल(भारतीय प्रिमियर लिग)को आज रातीदेखि शुरु भएको छ । मुम्बई इण्डियन्सले टस हारेर व्याटिङको निम्तो पाउँदै चार विकेटको क्षतिमा १६५ रन बनाई चेन्नई सुपर किग्सलाई चुनौति पेश गर्यो ।

डीएल चाहारले दोस्रो ओभरको पहिलो बलमा एभिन लुईसलाई शुन्य रनमै एलबी डब्लुको शिकार बनाए । सात रन जोडेको मुम्बई इण्डियन्सले भारतीय प्रमियर लिग(आईपिएल)सात रनमै पहिलो विकेट गुमाउँदै दबावमा रह्यो । कप्तान रोहित शर्मालाई शेन वाटसनले १५ रनमा रायुडुको हातबाट क्याच गराएपछि मुम्बई इण्डियन्सले तेस्रो विकेटको लागि सुर्यकुमार यादव र ईशास किशनले सम्हालेका थिए । तेस्रो विकेटको लागि दुवैले ७८ रनको साझेदारी गरेका थिए ।

यादवले २८ बलमा ४३ रन बनाई खेलिरहदाँ किशनले पनि २६ बलमा ३८ रन बनाई महत्वपूर्ण साझेदारी गर्दै मुम्बईको इनिङ्सलाई उकासे । यादवले छ चौका र एक छक्का हिर्काएका थिए । अर्धशतक पुरा गर्ने लक्ष्यमा देखिदैं क्रिजमा जमिरहँदा उनी सेन वाट्सनको पेस बलिङको शिकार भए । यादव सेन वाट्सनको बलमा हरभजन सिंहको हातबाट क्याच आउट हुदैं पवेलियन फर्किएपछि लामो महत्वपूर्ण विकेट मुम्बईले गुमाउन पुग्यो ।

किशनले भने चार चौका एक छक्का ठोके । क्रिजमा किशनलाई साथ दिन हार्दिक पाण्ड्या आएका छन् । चौथो विकेटको लागि दुवैले १४ रनको साझेदारी गर्दै मुम्बईलाई सम्मानजनक स्कोर तर्फ उन्मुख बनाए । पाण्ड्याले २२ बल खेल्दै पाँच चौका र दुई छक्कासहित ४१ रनको नटआउट पारी खेले । इमरान ताहिरको बलमा ईसान किशन ४० रन बनाईआउट भए । उनी एमएस उडको हातबाट क्याच भए ।

पाँचौ विकेटको लागि हार्दिकले कुर्नाल पाण्ड्यासँग ५२ रनको साझेदारी गरे । कुर्नालाले २० बलमा दुई चौका हान्दै २२ रनमा अविजिति रहे । चेन्नईका लागि सबैभन्दा बढी रन मार्क उडले दिए । चार ओभर बलिङ गर्ने क्रममा ४९ रन खर्चिए । तर कुनै विकेट भने हात लागेन् । सेन वाट्सनले दुई विकेट लिए ।

मुम्बई आईपिएलको तीन पटकको विजेता हो भने चेन्नई सुपर किग्स दुई पटक आईपिएल ट्रफी उचालेको टोली हो । चेन्नईले १६६ रनको चुनौतिसँगै व्याटिङ गर्ने क्रममा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here