पोखरा(खेलाडी न्युज) -जित्नै पर्ने मानसिकताले वडास्तरीय मेयरकपमा गैर वडाका खेलाडी कोर्टमा उतार्दा जितको नजिता हारमा परिणत भएको छ । हारले गैर वडाको खेलाडी खेलाइएको भन्दै एकपछि अर्को उजुरी परेपछि कास्की जिल्ला भलिबल संघले छानविन गरिरहेको छ । छानविन गर्न संघलाई ५ हजार रुपैयाँसहितको निवेदन दिनुपर्ने प्रावधान अनुरुप हारपछि वडाहरुले उजुरी दिदैं आएका छन् ।

शुक्रबार विहान पोखरा लेखनाथ महानगरपालिका वडा नं १७ ले वडा नं २१ लाई उजुरी दियो । कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुली तीनवटा उजुरी परेको जानकारी दिए । अध्यक्ष पराजुली लगायतको छानविन टोलीले आवश्यक कागजपत्र माग गर्यो । कागजपत्र उपलब्ध गराउन नसक्दा जितेको परिणामले हारको संज्ञा दियो । त्यसैगरी वडा नं १६ लाई वडा नं २८ले दिएको उजुरीले पनि निष्पक्ष भयो । अर्को उजुरी वडा नं १३ को विरुद्धमा वडा नं १४ ले दियो । त्यो खेलको नतिजा पनि बदर गर्दै पराजित भएको टोलीको पक्षमा फैसला गरियो ।

पोखरा लेखनाथ महानगरपालिकाको आयोजनामा सञ्चालित वडास्तरीय मेयरकप पुरुष भलिबल प्रतियोगितामा वडाले समेत झेली गर्यो । आफनै वडाका खेलाडी बटुल्न नसक्दा गैर वडाबाट खेलाडी झिकाई पाएको नजिता पनि उल्टो हुदाँ छानविन गर्न पनि आयोजकलाई हैरानी प¥यो । प्रतियोगिता शुरुहुनु भन्दा अगावै सम्बन्धीत वडाकै खेलाडी हुनुपर्ने प्रावधान थियो । नागरिकतासँगै मतदाता परिचय पत्रको आधारमा छानविन गरिने नियम आयोजकले बनाएको थियो । कागजपत्र नभएपछि जितको नतिजा हारमा परिणत भएपछि उपाधिको दावेदारी मानिएको वडाहरु प्रतियोगिताबाट बिदाई भए ।

उनका अनुसार प्रत्येक वडामा नौ जना खेलाडी, प्रशिक्षक र टिम म्यानेजर गरी ११ जना सम्बन्धीत वडाकै हुनुपर्ने छ । टिमको सर्टिफाई भने सम्बन्धीत वडाध्यक्षले गर्नुपर्ने प्रावधान छ । खेलाडीको बारेमा उजुरी परेको अवस्थामा सम्बन्धीत वडाको मताधिकार(भोटिङ लिष्ट) परिचय पत्र हेरिने उनले बताए । ‘बसाईसराईको कागजलाई मान्यता दिइएको छैन् ।’ उनले प्रतियोगिता अगाडि नै नियमको बारेमा बताईसकेका थिए । पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा दुई कोर्टमा प्रतिस्पर्धा गराईएको छ । २३ वडाले प्रतिस्पर्धा गरेका छन् ।
फाईनल शनिबार
कास्की जिल्ला भलिबल संघको आयोजनामा सञ्चालित प्रतियोगितामा पोखरा लेखनाथ महानगरपालिका २१ र ३३ सेमिफाईनलमा प्रवेश गर्दा वडा नं २३ र १८ ले पनि अन्तिम चारमा प्रवेश गरेका छन् । प्रतियोगिताको फाईनल  शनिबार हुने छ ।
प्रतियोगितामा विजेताले एक लाख रुपैया साथमा सिल्ड, पदक तथा प्रमाण–पत्र प्राप्त गर्ने संघका सचिव कुमार गुरुङले बताए । उनका अनुसार प्रतियोगितामा उपविजेतालाई ५० हजार, तेश्रो हुनेलाई २५ हजार साथमा ट्रफी पदक प्रमाण पत्र वितरण गरिने छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ५ हजार, त्यसैगरी प्रतियोगितामा उत्कृष्ट स्पाईकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्स र उत्कृष्ट सर्भरलाई जनही ३÷३ हजार पुरस्कार प्रदान गरिने भएको संघले जनाएको छ । तस्विर ः उमेश पुन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here