पोखरा(खेलाडी न्युज)-मुस्ताङको ३८०० मिटरको उचाईमा मुक्तिनाथको मुक्तिक्षेत्र बारागुङ गाँउपालिकामा आयोजित यार्तुङ महोत्सवमा सेभेन ए साईड फुटबल तथा घोडा दौड प्रतियोगिता हुने छ ।

यही साउन २७ गतेदेखि ३० गतेसम्म ‘मुक्तिनाथको दर्शन गरौं, यार्तुङ महोत्सवमा रमाऔ’ भन्दै बारागुङ क्षेत्रमा महोत्सव सञ्चालन हुने मुक्तिक्षेत्र गाँउपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले बुधबार आयोजित पत्रकार सम्मेलनमा बताए । हाई अल्टिच्युड खेलकुद तालिम केन्द्र निर्माण गर्न योजना गण्डकी प्रदेश सरकारको छ । त्यही अल्टिच्युड खेलकुद तालिम केन्द्र निर्माणास्थलमै सेभेन ए साईड फुटबल प्रतियोगिता समेत आयोजना गरिने छ ।

‘महोत्सवमा सेभेन ए साईड फुटबल प्रतियोगिता आयोजना गरिने छ ।’ पत्रकार सम्मेलनमा उनले भने–‘फुटबलसँगै घोडा दौडको प्रतिस्पर्धा समेत हुने छ ।’ घोडा दौड मुस्ताङीको शानको रुपमा समेत लिने गरेका छन् । ३.५किलोमिटर र १.५ किलोमिटर गरी दुई फरक दुुरीको घोडा दौड प्रतियोगिता आयोजना गरिने गाँउपालिकाका प्रमुख प्रशासनिक अधिकृत दिपक रेग्मीले बताए । हिमालको काखमा मुक्तिनाथका साथमा याकमा सवार गर्न सकिने छ ।

३.५ किलोमिटर घोडा दौड झारकोटदेखि रानीपौवासम्म तय गरिएको छ । विजेतालाई ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रो हुनेलाई २०हजार रुपैयाँ प्रदान गरिने छ । घोडचढी दौडसँगै मुस्ताङमा विशेषता हरेको घोडचढीसँगै चौरमा रहेको खादा टिप्ने प्रतिस्पर्धा समेत हुने प्रशासनिक अधिकृत रेगमीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here