एजेन्सी-च्याम्पियन्स लिगको पहिलो लेगमा युभेण्ट्ससँग भोगेको पराजयको बदला म्यानचेष्टर युनाईटेडले दोस्रो लेगमा लिदै सानदार कमब्याक गरेको छ । पहिलो लेगमा १-०ले पराजित युनाईटेड दोस्रो लेगमा भने २-१ गोलले विजयी बन्यो ।

क्रिष्टियानो रोनाल्डोले घरेलु मैदानमा युभेण्ट्सलाई अग्रता दिलाउँदा अन्तिम समयमा खाएको आत्मघाती गोलले युभेण्ट्स निराश हुन पुग्यो । लियोनार्दो बोनुकीको थ्रु बलमा रोनाल्डाले ६५ औं मिनेटमा गोल गर्दै खुशीयाली दिलाए ।

तर कमब्याक गर्ने क्रममा युनाईटेडले युवान माटाले ८६ औं मिनेटमा बराबरी गोल गरे । कमब्याक गरेको युनाईटेड खेलको अन्तिम समयमा भाग्ममानी सावित भयो । एलेक्स सान्ड्रोले आत्मघाती गोल गरेपछि तीन अंक जोड्दै दोस्रो चरणको यात्रा निश्चित बनायो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here