Under Featured Image in News Page
sahara

एजेन्सी-युरोकप २०२० छनोट प्रतियोगिता शुरु भएको छ । छनोट चरणको पहिलो खेलमा रसियामाथि बेल्जीयमले सानदार जित निकालेको छ । पहिलो हाफमा एक एक गोलबाट अगाडि बढेको खेल दोस्रो हाफमा बेल्जियमले दुई गोल गर्दै खेल ३-१ आफनो पक्षमा पार्यो ।

खेलको १४ औं मिनेटमा बेल्जियमका लागि योरी टेईलीमान्सले गोल गर्दै दिलाएको अग्रतालाई रसियाले १६ औं मिनेटमा गोल फर्काउँदै बराबरी गर्यो । डेनिस चेरेसिभले गोल गरेपछि रसियाले खेलमा पहिलो हाफ बराबरीमा राख्दै प्रतिस्पर्धात्मक बनाईराख्यो । तर दोस्रो हाफमा भने इडेन हाजार्डले ४५ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए। उनलै ८८ औं मिनेटमा पेनाल्टी मार्फत व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई सहज जित निकाले । रसियाका अलेकसान्डर गोलोभिनले रातो कार्ड खाँदै बाहिरिएपछि दश खेलाडीमा सीमित हुन पुग्यो ।

यसैगरी अर्को खेलमा नेदरल्याण्डले बेलारुसमाथि एकपक्षीय नजिता निकाल्ने क्रममा ४-० गोलले पराजित गर्यो । खेलको पहिलो मिनेटमा एम्फिस डिपेले गोल गर्दै अग्रता दिलाए । २१ औं मिनेटमा जर्जिनियो विज्नाल्डमले गोल गरे डिपेले नै पेनाल्टी मार्फत व्यक्तिगत दोस्रो गोलभने ५५ औंं मिनेटमा गरेका थिए । भर्जिल भान डिकले खेलको ८६ औं मिनेटमा नेदरल्याण्डका लागि अन्तिम गोल गरे । pic by agency

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here