एजेन्सी-सन २०२० को युरो कपको छनोट खेल आजदेखि शुरु हुदै छ । युरोपियन ५० देशले क्वालिफाईंग खेल्दै छन् । २४ देशले अन्तिम छनोट हुदैं युरोकपमा सहभागिता जनाउन पाउने छन् । समूह ए मा इग्ल्याण्ड, चेक रिपब्लिक, बुल्गेरिया, मोन्टेनेग्रो र कोसोभो रहेका छन् । समूह बीमा पोर्चुगल, युक्रेन, सर्विया, लुथनिया र लक्जम्बर्गले प्रतिस्पर्धा गर्ने छन् । समूह सीमा नेदरल्याण्ड, जर्मनी, नर्दन आयरल्याण्ड, एष्टोनिया र बेलारुस छन् ।

समूह डीमा स्वीटजरल्याण्ड, डेनमार्क, रिपब्लिक अफ आयरल्याण्ड, जर्जिया र गिब्रालटार छन् । त्यस्तै समूह ईमा क्रोयसिया, वेल्स, स्लोभाकिया, हंगेरी र अजरबैजान बीच प्रतिस्पर्धा हुने छ । समूह एफमा स्पेन, स्वीडेन, नर्वे, रोमानिया, फारोई आईसल्याण्ड र माल्टा रहेका छन् । समूह जीमा पोल्याण्ड, अष्ट्रिया, ईजरायल, स्लोभानिया, मेसोडोनिया र लाटभिया छन् । समूह एचमा फ्रान्स, आईसल्याण्ड, टर्की, अल्बानिया, माल्डोभा र एन्डोराले सहभागिता जनाएका छन् । यसैगरी समूह आईमा बेल्जियम, रसिया, स्कटल्याण्ड, साईप्रस, काजाकास्तान र सान मारिनो छन् । समूह जेमा इटाली, बोसनिया एण्ड हर्जगोभिना, फिनल्याण्ड, ग्रिस, अर्मानिया र लिलेसस्टेन छन् । समूहमा रहेको टोलीमा उत्कृष्ठ दुईले मात्रै सहभागिता जनाउने पाउने छन् । छनोट खेल मार्च २१ देखि नोभेम्बरसम्म चल्ने छ ।

पुर्व सन्ध्यामा जर्मनीले सर्वियासँग अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा १-१ गोलको बराबरी खेलेको छ । सर्वियाका लुका जोभिक १२ औं मिनेटमा गोल गरेका थिए । भने अन्तिम मिनेटमा मिलान पाभकोभले रातो कार्ड खाँदै बाहिरिएपछि सर्विया १० खेलाडीमा सीमित भएको थियो । जर्मनीको लागि लियोन गोरेट्ज्कले ६९ औं मिनेटमा गोल गर्दै बराबरी गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here