काठमाडौं(खेलाडी न्युज) मित्र राष्ट्र ब्रुनाईमा संचालन हुने एसिया रग्वी उमेन्स सेभेन्स ट्रफ्रिमा सहभागि हुन महिला टोली प्रस्थान गरेको छ । उनीहरुलाई नेपाल रग्वी संघका अध्यक्ष टंकलाल घिसिङले बिदाई गरेका छन् ।

आगामी अक्टोवर २० र २१ मा सहभागि हुन जाने खेलाडीमा कप्तान एलिसा थापा,उप कप्तान सृजना राई, पञ्चमाया श्रेष्ठ,सुनिता तामाङ्ग,सविना महर्जन, सावित्री पुर्जा, सविता लुइटेल,सुजिना गुरुङ्ग,सोनिका तामाङ्ग, नानी तामाङ्ग, अमृता किरात राई र मनिषा थापा मगर रहेका छन् । त्यस्तै ब्यवस्थापकका रुपमा विनोद तामाङ्ग,प्रशिक्षकमा राधिका हेट्टियाच्ची र फिजियोमा. बिनु खड्का पनि त्यसतर्फ जादै छन् । नेपाली टोली १८ तारिखमा बुनाई प्रस्थान गर्ने छ ।

एसियन १० राष्ट्र नेपाल, भारत, पाकिस्तान, इण्डोनेसिया, फिलिपिन्स, ग्वाम, मलेसिया, लाओस, उज्वेकिस्तान र बु्रनाईले सहभागिता जनाउने छन् । प्रतियोगितामा नेपालको अक्टुवर २० मा पाकिस्तान र भारतसंग खेल्ने छ ।

नेपाली खेलकुद क्षेत्रमा नेपाल रग्वी संघले विभिन्न काल खण्डमा विभिन्न किसिमका राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरु गर्दै तथा भाग लिई आईरहेको छ । विगत ४ वर्ष देखी नेपाल रग्वी राष्ट्रिय पुरुष टिमले ओलम्पिक क्वालिफाई लगायत ३ पटक एसियन प्रतियोगितामा सहभागिता जनाई सकेको छ । नेपाल रग्वी महिला टिमले पनि विगत देखी नै एसियन प्रतियोगितामा सहभागिता जनाई सकेको छ २०१६ मा भारतको चेन्नाई तथा २०१७ मा लाओसमा सहभागीता जनाई राम्रो प्रदर्शन गरेको अध्यक्ष घिसिङले प्रेस बिज्ञप्ति मार्फत जानकारी गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here