काठमाडौं(खेलाडी न्युज)नेपाली सेनाका रत्नजित तामाङ्ग र भोजपुरका बिकास श्रेष्ठ सातौं पुष्पलाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेका छन् । खेलकुद महासंघ, राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा नम्बर एक खेलाडी रत्नले प्रहरीका जीवन आचार्यलाई २१–८, २१–८ को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन् । यसतै पूर्व राष्ट्रिय च्याम्पियन बिकासले पुलिसकै बिष्णु कटुवालमाथी २१–१९, १४–२१ र २–१ जित निकाल्दै सेमिमा स्थान बनाए । एक एकको बरावरी खेल पश्चात निर्णायक खेलमा बिष्णु पेटमा दर्द महसुस गरि रिटायर्ड हर्ट भए पछि विकासले खेलमा जित दर्ता गरेका थिए ।

यस्तै अर्को खेलमा सेनाका नविन श्रेष्ठ र एपिएफका दिपेश धामीले पनि अन्तिम चारमा स्थान सुरक्षित गरे । नविनले एपिएफका साजन कृष्ण ताम्राकारलाई १५-२१, २१-१०, २१-१८ तथा दिपेशले सेनाका प्रफुल महर्जनमाथी २१-१३, १६-२१, २१-१४ को जित निकाले । ईटहरीस्थित ईटहरी ब्याडमिन्टन एकेडेमीको कभर्डहलमा भएको प्रतियोगिताको महिला एकल तर्फ सेनाकी नङ्गशलदेवी तामाङ्गले भोजपुरकी सिता राईलाई पराजित गर्दै सेमिफाईनलमा झापाकी जेसिका गुरङ्ग संगको भेट पक्का गरिन् । जेसिकाले सेनाकी अनुमाया राईलाई १३-२१, २१-११ र २६-२४ को संघर्षपूर्ण जित निकालिन् । यस्तै सेनाकी रशिला महर्जनले एपिएफकी शोभा गौचनलाई २१-७, २१-१६ले र झापाकी सुनैना मुखियाले सेनाकी अमिता गिरीलाई २१-१७, २१-१९ले पराजित गर्दै अन्तिम चारमा भेट पक्का गरे ।

पुरुष यु १९ अन्तरतगत जेष्ट ब्याडमिन्टनका सुनिल जोशी, सेनका रुकेश महर्जन, सुनसरीका प्रनिश सिंह ठकुरी र सेनाका प्रफुल महर्जनले पनि आआफ्ना प्रतिद्वन्दिलाई पराजित गर्दै उपाधी दौडमा समावेश गरे । सुनिलले सोलुखुम्बुका पेम्बा शेर्पालाई २१-१५, २१-१२, रुकेशले सेनाका बिशाल खड्कालाई २२-२०, २१-४, प्रनिशले जेष्ट ब्याडमिन्टनका प्रियान्शु क्षेत्रीलाई २१-१६, २१-१६ तथा प्रफुलले सेनाकै दिवस शंकरलाई २१-९, २१-८ले पराजित गरे ।

महिला यु १९ तर्फको खेलमा झपाकी जेशिका गुरुङ्गले बिराट ब्याडमिन्टन क्लबकी रोज पाण्डे तथा सेनाकी रशिलाले बिराट ब्याडमिन्टन क्लबकी सिमा राजबंशीसंग सेमिफाईनलमा प्रतिस्पर्धा गर्ने भएका छन् । जेशिकाले मोरङ्गकी शिशु पन्तलाई २१।५, २१।७, रोजले कञ्चनपुरकी लिमिन बेलबासेलाई २१-२, २१-३ले, सिमाले झापाकी अञ्जना राईलाई २१-१२, २१-८ र रशिलाले सगरमाथाकी आयुष्मा राईलाई २१-७, २१-१ले पाखा लगाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here