खेलाडी न्युज(पोखरा)-राष्ट्रिय खेलकुद परिषदको बोर्ड सदस्यमा गण्डकी प्रदेशबाट सम्पन्न श्रेष्ठ मनोनित भएका छन् । पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका निबर्तमान अध्यक्ष समेत रहेको श्रेष्ठ राखेप० को सदस्यमा मनोनित भएका हुन् । युवा तथा खेलकूदमन्त्री एवं राखेपका अध्यक्ष जगतबहादुर विश्वकर्माले बिहीबार श्रेष्ठ सहित छ जनालाई सदस्य पदमा मनोनित गरिएको हो ।

राष्ट्रिय खेलकूद विकास ऐन २०७७ को अनुसार राष्ट्रिय खेल संघको सिफारिसमा बाग्लुङ बिउँ–४ स्थायी ठेगाना रहि पोखरामा बस्दै आएको श्रेष्ठलाई मन्त्रालयले मनोनित गरेको हो । समितिमा खेलकूद विज्ञ, खेलकूद प्राविधिक, प्रशिक्षक तथा एन्टी डोपिङ लगायत मध्येबाट सदस्य नियुक्ती गरिएको हो ।

चितवनका रिम रानाभाट, ओखलढुङ्गाका इन्दिरा निरौला, खेल संघको तर्फबाट काठमाडौँका अर्जुन केसी, चितवनका सुवास श्रेष्ठ र परम्परागत साहसिक तथा पर्यटकीय खेल क्षेत्रबाट नुवाकोटका गोविन्दप्रसाद भट्टराईलाई राखेप सदस्यमा मनोनित गरिएको मन्त्रालयलका सूचना अधिकारी यमेन्द्र उपाध्यायले जानकारी दिए ।भट्टराई पर्वतीय खेलकुद महासंघका अध्यक्ष हुन् । उनी गतवर्ष जेठमा भएको अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए ।

बोर्ड सदस्य श्रेष्ठले पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको अध्यक्षको जिम्मेवारी करिब सवा वर्ष सम्हाल्ने मौका पाएका थिए । तत्कालिन अध्यक्ष खगराज पौडेल अमेरिका प्रस्थानपछि रिक्त रहेकोअ अध्यक्षमा श्रेष्ठले जिम्मेवारी सम्हाल्ने मौका पाएका हुन् । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गरेका थिए । मुआथाई संघका केन्द्रीय कोषाध्यक्ष समेत रहेका श्रेष्ठ सितेरियो कराँतेका पूर्व राष्ट्रिय खेलाडी समेत हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here