एजेन्सी – कोभिड १९ ले शुरुभएको लकडाउनपछि रियल मड्रिडले निरन्तर ९ खेल जित्दै ला लिगाको उपाधि जितेको छ । क्लबको यो ३४ औं ला लिगा हो । सिजनमा मड्रिडले ३७ खेलमा २६ जित दर्ता गर्यो । ८ बराबरी र ३ खेल मात्रै गुमाएको छ । प्रशिक्षक जिनेदिन जिदान क्लब फर्किएपछिको यो पहिलो उपाधि हो । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो विना नै उपाधि उचाल्दै क्लबले टिमवर्कको राम्रो उदाहरण प्रस्तुत गरिदियो । लकडाउन अघि अग्रता लिएको बार्सिलोनामाथि ७ अंकको अग्रता लिदैं रियलले उपाधिमाथि आफनो आधिपत्य जमायो ।

रियल म्याड्रिडले घरेलु मैदानमा भिल्लारियललाई २-१ ले पराजित गर्यो । उपाधिमा कब्जा जमाउने क्रममा खलेको २९ औं मिनेटमा करीम बेन्जेमाले गोल गरे । उनको यो सिजनको २० औं गोलपनि थियो । रियलका उनी एकमात्र भरपर्दा खेलाडी स्ट्राईकर हुन् । उनले लुका मोड्रीचको पासलाई उपयोग गरे ।

रियलले भिल्लारियल भन्दा निकै उत्कृष्ट खेल प्रस्तुत गरेको थियो । बलमाथिको नियन्त्रण थियो । ७३ औं मिनेटमा रियलले पेनाल्टी प्राप्त गर्यो । सर्जियो रामोसलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि प्राप्त पेनाल्टीमा रियलले पहिलो प्रयासमा भने गोल गर्न सकेन । रामोसले बेन्जेमालाई पेनाल्टीमै पास दिन खोजेपनि रेफ्रीले पुन पेनाल्टी प्रहार गर्न लगाएका थिए । दोस्रो प्रहारमा भने बेन्जेमाले गोल गर्न सफल रहे । पछिल्लो खेलहरुमा रियलले पेनाल्टीको सहायताले खेल जित्दै आएको तथ्यांक छ ।

८२ औं मिनेटमा रियलले अग्रतालाई ३-० को अबस्था पुराउने कोशिस खेर गयो । टोनी क्रुसको प्रहार पोस्टमा लागेर फर्केको थियो । यधपी ८३ औं मिनेटमा भने मारिया गास्पारको क्रसमा भिसेन्ट इबोर्राले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए । थप समयमा गोल हुन नसक्दा रियलले फराकिलो अग्रतासहित उपाधि पक्का गर्न सफल रहयो ।

बार्सिलोना घरेलु मैदान क्याम्प नोउमा ओसासुनासँग २(१ ले पराजित भएसँगै रियलले उपाधि पक्का गर्ने अवसर पायो । निकै महत्वपूर्ण मानिएको खेलमा । खेलको १६ औं मिनेटमा जोसे अर्नाइजले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका हुन् । उनले पेर्भिस एस्तुपिएनको पासलाई सदुपयोग गरेका थिए । बार्सिलोनाले खेलमा फर्कने प्रयास जारी राखेपनि बराबरी गोल गर्न सकेन् । कप्तान लिओनेल मेस्सी फ्रिकिकमा गोल गर्न नजिक पुग्दा गोलरक्षक सर्जियो हरेराले उत्कृष्ट बचाउ गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here