Under Featured Image in News Page
sahara

पोखरा(खेलाडी न्युज)-रेडियो दिदी बहिनीको आयोजनामा पर्वतमा सञ्चालित राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विभागीय क्लबले आफनो अस्थित्वलाई दरिलो बनाएको छ । बुधबारदेखि शुरु भएको लिगकम  नकाउट भलिबल प्रतियोगितामा एपीएफ, नेपाल पुलिस क्लब र होन्गाजी न्यु डायण्डले जित निकालेको छ । न्यु डायण्डले भने नेपाल पुलिससितको खेलमा भने पराजित व्यहोरेको छ ।

पहिलो खेलमा आयोजक रेडियो दिदीबहिनीलाई  होगान्जी न्यु डायमण्डले २५–२, २५–३ र २५–६ को सेटम पराजित गरेको हो । प्रतियोगिताका रेफ्री संयोजक टहलसिंह थापा मगरका अनुसार दोस्रो खेल एपीएफले नेपाल आर्मीलाई पराजित गर्न पाँचै सेट खेल्न पुग्यो । एपीएफले २१–२५, २५–१७, १९–२५, २५–९ र १५–९ को सेटमा जित निकाल्यो ।

नेपाल पुलिसले पनि होन्गाजी न्यु डायमण्डलाई २५–२२, २५–२१ र २५–१७ को सेटले पराजित गरेका थियो । प्रतियोगिता विजेतालाई नगद २ लाख, उपविजेतालाई नगद १ लाख रुपैयाँ र तेस्रो हुनेलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here