एजेन्सी –लिभरपुलसँग अंक दुरी चारमा झार्दै म्यानचेष्टर सिटीले प्रतिष्ठाको खेल जित्दै उपाधि होडलाई कायमै राखेकोछ ।
गएराती लिभरपुललाई २-१ गोलले पराजित गर्दै सिटीले इंग्लिस प्रिमियर लिगमा आफनो उपाधि यात्रालाई कायमै राख्दा लिभरपुल भने उपाधि होडलाई बलियो बनाउन चुक्यो । लिग लीडर लिभरपुल ५४ अंक छ भने सिटी ५० अंकसहित दोस्रो स्थानमा छ ।

पहिलो हाफ हुनु भन्दा पाँच मिनेट अघि सर्र्जियो अगुईरोले गोल गर्दै सिटीलाई अग्रता दिलाए । पहिलो हाफको अग्रतासँगै दोस्रो हाफ भने केही प्रतिस्पर्धात्मक बन्यो । लिभरपुलका लागि ६४ औं मिनेटमा रोबर्टो फिर्मिनोले बराबरी गोल गरेपछि अंक बाडिने सम्भावना रह्यो । तर ७२ औं मिनेटमा लिरोय सानेले गोल गर्दै सिटीलाई जितमात्रै दिलाएनन उपाधि होडलाई पनि कायमै राखे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here