पोखरा(खेलाडी न्युज)-एकदिवसयी विश्वकप क्रिकेटको १२औं सस्करणमा अहिले वेष्ट इण्डिज विरुद्ध पाकिस्तानले व्याटिग गरिरहेको छ । पहिलो दोस्रो ओभरको अन्तिम बलमा इन्माम उल हक विकेट किपरबाट क्याच आउट भए । उनले ११ बल खेल्दै २ रन जोड्दै पवेलियन फर्किएपछि पाकिस्तान दबावमा रह्यो ।

अहिले इनिंगलाई फाकार जामन र बावर एजामले सम्हालिरहेका छन् । टस जितेर इण्डिजले पाकिस्तानलाई व्याटिंगको लागि आमन्त्रण गरेको हो । पावर प्लेमा पाकिस्तानले विकेट गुमाएर लय समाउने प्रयासमा खेलिरहेको छ । ६ ओभरको समाप्तीमा २ विकेटको क्षतिमा ३५ रन जोडेको छ । दोस्रो विकेटको रुपमा पाकिस्तानले फाकार जामनलाई २२ रनमा गुमउन पुग्यो । उनी अन्द्रे रसेलको बलमा बोल्ड भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here