Under Featured Image in News Page

पोखरा(खेलाडी न्युज)-भर्खरै विद्यालयस्तरीय व्याडमिन्टन प्रतियोगितालाई विट मारिएको छ । प्रतियोगिताको चापले व्यस्तता बनेका व्याडमिन्टनका केन्द्रीय सदस्य यदु अधिकारी अहिले अलि फुर्सदिलो भएका छन् । फुर्सदिलोसँगै पोखरा उद्योग वाणिज्य संघमा आफनो भूमिकालाई फेरी गहन बनाउने अभियानमा सक्रिय बनेका छन् ।

उनी भन्छन–‘व्याडमिन्टन सकियो । अहिले हल्का भएको छ । अब पोखरा उद्योग वाणिज्य संघको चुनावी प्रचारमा जुट्नु छ ।’असोजको ५ गते पोखरा उद्योग वाणिज्य संघको ३२ औं अधिवेशनको शुरु हुदैै छ । ६ गते नयाँ नेतृत्वको लागि चुनाव हुने छ । व्याडमिन्टनबाट फुर्सद निस्किएपछि मात्रै चुनावी अभियानमा सोच्ने फुर्सद पाएका अधिकारीले आफुलाई वाणिज्य संघको बरिष्ठ उपाध्यक्षमा उभ्याउने मनस्थिति बलियो बनाएका छन् ।

बरिष्ठ उपाध्यक्षमा उनीसँगै दुईवर्ष अघि अध्यक्षमा पराजित नारायण कोईराला भिड्दै छन् । कोइराला र अधिकारीसँर्ग बर्तमान बरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले चुनावी प्रतिस्पर्धामा उत्रिने सम्भावना छ । यद्यपी कार्कीले खुलेर आफनो चुनावी प्रतिस्पर्धाको प्रचार गरेका छैनन् ।

पोखरा उद्योग वाणिज्य संघभित्र रहेर सामाजिक उत्तरदायित्व पुरा गर्ने सपनालाई साकार पार्दै छन् । त्यही भएर उनले पोखराको खानेपानी मुहान मर्दी मुहान खानेपानी शुद्धिकरण परियोजनालाई आफनो कार्यकालमा पुरा गर्दै स्वास्थ्य प्रति सचेतता देखाए । खेलाडी स्वास्थ्य प्रति कति सम्वेदनशिल बन्नुपर्छ र हुन्छन् भन्ने उदाहरण उनले खानेपानीको शुद्धिकरण परियोजनाको संयोजक भई काम गरेर देखाएका छन् ।

मर्दीमुहानमा हुदैं शव दहन न्युनिकरण गर्दै शवदहनको लागि दुई चरणमा गरी छ वटा शवदहन गृह बनाई स्थानीय समुदायलाई हस्तान्तरण गरे । जुन अहिलेसम्म पोखरा उद्योग वाणिज्य संघको नेतृत्वले सामाजिक उत्तरदायित्व भएपनि पुरा गर्न सकेका थिएनन् । अधिकारीले आफनो पहिलो कार्यकालमै उदाहरणीय कार्य गर्दै सबैको मनमष्तिस्कमा आफनो छविलाई सजाईसकेका छन् । उनलाई परियोजनामा साथ भने वाणिज्य संघकै सदस्य कमलबहादुर बस्नेतले दिएका थिए ।

त्यतिमात्रै नभई अधिकारी स्वयं पानीका व्यवसायी समेत हुन् । स्वास्थ्य नागरिक विना सभ्य समाज निर्माण हुदैन् । पानीकै कारण सयौं रोग निस्किन्छ । त्यसैले उनले स्वास्थ्यकर पानी आम सर्वसाधारणको पहुँचमा पुर्र्याएका छन् । त्यसैले उनले पोखरा औद्योगिक क्षेत्रभित्र स्थापित अन्नपुर्ण फुड्स एण्ड वेभरेज अन्तर्गतको सोल्टी पानी मार्फत आम जनमानसमा पुगेका छन् । व्यवसायीक हकहितको लागि समेत सक्रिय रहदैै आएका छन् । व्यवसायीको काम रोजगारी सृजना गर्नु हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here