Under Featured Image in News Page

पोखरा(खेलाडी न्युज)-नेपाली व्याडमिन्टन टोलीले पोखरामा आईतबारदेखि शुरु भएको १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा मेन्स टिम इभेण्टमा पदक पक्का गरेको छ । नेपाली टिमले भुटानी टिमलाई पराजित गर्दै सेमीमफाईनल प्रवेश गरेसँगै पदक पक्का भएको हो ।

नेपालका लागि रत्नजित तामाङले भुटानका अनिष गुरुङलाई २१–६, २१–९को सोझो सेटले पराजित गरेका हुन् । पोखरा रंगशालास्थित व्याडमिन्टन कभर्ड हलमा भएको प्रतिस्पर्धामा दिपेश धामीले भुटानका नैदुप दोर्जेलाई सोझो सेटमा पराजित गर्ने क्रममा २१–१३, २१–१४ को सेटको नजिता निकाले । त्यसैगरी प्रिन्स दाहालले भुटानी खेलाडी नोर्बु ड्रढुललाई २१–१२, २१– ५ को सेटमा पराजित गरेपछि पदक पक्का हुन पुग्यो । यसैगरी अर्को खेलमा जेसिका गुरुगले बंगलादेशकी विस्त्री खातुनलाई २१-१९, २२-२० ले पराजित गर्दै पदक पक्का गरेका हुन् ।

यसैगरी महिला तर्फको टिम इभेण्ट प्रतिस्पर्धामा नेपालकी नङसाल तामाङले बंगलादेशकी साल्पा अख्तरलाई २१–१८, १५–२१ र २१–१७ को सेटमा पराजित गरिन् । त्यसैगरी रसिला महर्जनले बंगलादेशकै एलिना सुल्तानालाई २८–२६ र २१–१९ को सेटमा पराजित गरेकी हुन् । व्याडमिन्टनमा ७ स्वर्ण, ७ रजत र १४ कास्य पदकका लागि सातै देशका ९४ जना महिला तथा पुरुष खेलाडी पोखरा रंगशालास्थित व्याडमिन्टन कभर्ड हलमा उत्रिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here