पोखरा(खेलाडी न्युज)-भोलि शनिबार स्याङ्गजाको कोल्मामा क्रस कन्ट्री दौड हुदैं छ । खेलकुदकै माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित शनिबार कोल्मा क्रस कन्ट्री दौडको आयोजना गरिएको सातसय कोल्मा बहाकोट सम्पर्क मञ्चले जनाएको छ ।

कोल्मा र वरपरका स्थान पर्यटकीय गन्तव्य बनाउने तथा युवापुस्तालाई खेलप्रति रुचि बढाउने उद्देश्य सहित मञ्चको संयोजनमा प्रतियोगिता आयोजना गरिएको जनाईएको छ । स्वास्थ्यका लागि दौड, राष्ट्रका लागि दौड भन्ने मुल नारासँगै प्रतियोगितामा खुलातर्फ ३१ किलोमिटर र २१ वर्षभन्दा कम उमेरमा १४ किलोमिटर दौडमा प्रतिस्पर्धा हुने छ ।

खुला दौड अन्तर्गत कोल्मा बराहचौरबाट शुरु भई काहुले, वहाकोट भञ्ज्याङ्ग (डाँडास्वारा), नाम्चे, काल्खु, राईपुर, विसौना, खुदी, मड्किना, सतीडाँडा हुँदै कोल्मा बराहचौर पुगेर टुंगिनेछ । यसैगरि १४ किलोमिटर अन्तर्गत बराहचौरबाट शुरु भई काहुले, डाँडास्वारा, नाम्चे, काल्खु, राईपुर, पोखरीछाप हुँदै बराहचौर पुगेर दौड समापन हुने छ ।

प्रतियोगिताका लागि मंगलबारसम्म एकसय जनाभन्दा बढीले नाम दर्ता गराएको कार्यक्रम डिजाईनर एवं एनआरएन युकेका युवा संयोजक एलबीजेड गुरुङ्गले जानकारी दिए । खुला दौड अन्तर्गत प्रथम हुनेले नगद ५० हजार सँगै मेडल र ट्रफी प्राप्त गर्नेछन् । दोश्रो हुनेले ४० हजार तथा तेश्रोले ३० हजार सँगै मेडल, ट्रफी प्राप्त गर्नेछन् । यस्तैगरि १४ किलोमिटरको दौड अन्तर्गत प्रथम हुनेले २० हजार, दोश्रोले १५ हजार र तेश्रोले १० हजार नगद सहित ट्रफी, मेडल प्राप्त गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here