Under Featured Image in News Page

पोखरा(खेलाडी न्युज)- मंसिर ७ गते शनिबार नेपालगञ्ज म्याराथन हुदैं छ । धारा नेपालगञ्ज म्याराथनको पाँचौं संस्करण नजिकिदै गएको म्याराथनलाई तोरीको तेलसँग मुख्य प्रायोजकका रुपमा सहकार्य गरको छ । धारा नेपालगन्ज म्याराथनमा इ एसोसिएसन विथ आर्शिवाद पेन्ट्स र पावर्ड बाई राष्ट्रिय बाणिज्य बैंक आबद्ध भएका हुन् ।

पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र नेपालगञ्ज जातीय, धार्मिक तथा साम्प्रदायिक विविधता भएर पनि एकताको सूत्रमा बाँधिएको सद्भावको शहरको रुपमा परिचित छ । सामाजिक एकताको प्रतिक खेलकुदमार्फत शहरलाई चिनाउने हाम्रो उद्देश्य रहेको छ क्रियटिम ह्याण्ड्सले जनाएको छ । विगत चार वर्षदेखि निरन्तर नेपालगञ्ज म्याराथन गर्दै आएका क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टिएस ठकुरीले जनाएका छन् ।

नेपालगञ्ज म्याराथनले कोहलपुर र नेपालगञ्जलाई जोड्ने एउटा शसक्त माध्यम बनेको छ विश्वास खेलकुदप्रेमीले गरेका छन् । नेपालगञ्जलाई महानगर बनाउने अवधारणाको चर्चा हुँदा सरकारले नेपालगञ्ज र कोहलपुर शहर जोड्ने नीति अघि सारेको छ । यो हाम्रो पहिल्यैदेखिको सपना हो । सद्भावको शहर नेपालगञ्जलाई अरु शहरसँग जोड्ने मात्रै होइन, विश्वमा चिनाउने हाम्रो अभियान जारी रहेको छ ।’ विज्ञप्तिमा उल्लेख छ ।

ुरुष खुल्लातर्फ म्याराथन, महिलाको हाफ म्याराथन, १० किलोमिटर खुल्ला पुरुष, ५ किलोमिटर, ५ किलोमिटर स्कुल स्तरीय छात्र तथा ३ किलोमिटर छात्रा दौड समावेश गरिएको छ । त्यसैगरी ८ देखि १२ बर्ष उमेरसमुहको पनि दौड राखिएको छ भने शारीरिक रुपले अशक्तहरुको लागि पनि दौड स्पर्धा समेटिएको छ । यस बर्षदेखि २ किलोमिटरको कर्पोरेट रन पनि राखिएको छ । यसमा जनप्रतिनिधि, चिकित्सक, इन्जिनियर, प्राध्यापक, वकिल, शिक्षक, पत्रकार तथाबिभिन्न पेशा र व्यवसायीहरुले सहभागिता जनाउनेछन् । खुल्ला म्याराथनतर्फ शीर्ष आठ जना तथा हाफ म्याराथनमा शीर्ष ६ जनालाई नगद तथा आकर्षक उपहारबाट पुरस्कृत गरिनेछ । अन्य सबै विधामा नगद पुरस्कार दिइनेछ । कर्पोरेट रनका विजेतालाई सरप्राइज पुरस्कार प्रदान गरिनेछ ।

नेपालगन्ज उपमहानगरपालिका नजिक बीपीचोकदेखि सुरु भइ कोहलपुर चौराहदेखि उत्तरतर्फ पुगी सोही रुट हुँदै पुनःबीपीचोकमा पुरा हुने म्याराथनमा राष्ट्रियस्तरका धावकहरु सहभागि हुनेछन् । त्यस्तै, जुम्ला, कालिकोट लगायतका कर्णालीका जिल्लाहरु र प्रदेश ५, ६ र ७ का खेलाडीहरुले भागलिदै आएका छन् ।
नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा र चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई विजेता भएका थिए भने हाफ म्याराथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भइसकेकी छिन् । यसपटक सबै विधामा नगद पुरस्कार बृद्धि गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here