भानुभक्त-अफगानिस्तान भनेपछि धेरैका दिमागमा गृहयुद्ध, आत्मघाती हमला, तबाही र तालिबानको तस्बिर आउँछ। तर बिस्तारै अब यो तस्बिर धुमिल हुन थालेको छ। गृहयुद्धको दलदलमा फसेको अफगानिस्तानले विश्व क्रिकेटमा आफ्नो नयाँ तस्बिर कोरिरहेको छ।

यो नयाँ तस्बिरका महत्वपूर्ण हिस्सेदार बनेका छन्(२० वर्षीय सुपरस्टार रसिद खान) जसलाई यही साता आइसिसीले एकदिवसीय बरियतामा पहिलो नम्बरका अलराउन्डर घोषणा गरेको छ।

धेरै मानिसहरू जिन्दगीको नयाँ बाटोबारे रूमलिने २० वर्षको उमेरमा रसिद विश्व क्रिकेटका सुपरस्टार बनेका छन्। धेरै क्रिकेटरले घरेलु मैदानमा पाइला राख्न सुरू गरिरहेका बेला रसिदले आफ्ना नाममा थुप्रै विश्व रेकर्ड दर्ज गराइसकेका छन्।

अफगानिस्तानमा क्रिकेट भित्रिएको र रसिद जन्मिएको लगभग उस्ताउस्तै बेला हो।

सन् १९७९ मा सोभियत युनियनका सेना अफगानिस्तान पसे। सोभियत सेना र विद्रोही समूहबीच लडाइँ सुरू भयो। हजारौं मानिस विस्थापित भए। उनीहरू पाकिस्तानको सीमावर्ती सहर पेशावर नजिकै शरणार्थी बने।

१० वर्षसम्म लडाइँ गरेर १९८९ मा सोभियत सेना फिर्ता भए। पाकिस्तान भागेका अफगानी पनि घर फिरे। उनीहरू रित्तो हात आएनन् बरू आजको अफगानी क्रिकेटका पदचाप बोकेर स्वदेश फर्किए।

पाकिस्तानमा ब्रिट्रिसकालदेखि नै क्रिकेट क्रेज थियो। सन् १९९२ मा त ऊ विश्वविजेता बन्यो। पाकिस्तानको क्रिकेट संस्कृतिको प्रभाव शरणार्थी क्याम्पमा पनि पर्‍यो। उनीहरूले क्रिकेट बुझ्न र खेल्न थाले।

सन् १९९५ मा पहिलो पटक अफगानिस्तान क्रिकेट बोर्ड गठन भयो। तर एक वर्षपछि सत्तामा आएको तालिबानले क्रिकेटमाथि प्रतिबन्ध लगाइदियो। तालिबानको तर्क थियो(क्रिकेटले धर्मबाट ध्यान हटाउँछ।

त्यसको दुई वर्षपछि २० सेप्टेम्बर १९९८ मा पूर्वी अफगानिस्तानको नान्गाहार प्रान्तको राजधानी जलालावादमा जन्मेका हुन्, रसिद। राजधानी काबुलबाट १५० किलोमिटर पूर्वमा पर्ने यो ठाउँमा काबुल र कुनार नदी मिसिन्छन्। यो अफगानिस्तानको क्रिकेट ‘पावर हाउस’ पनि हो। १४ हजार क्षमताको घाजी अमान्नुल्लाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान भएको यही ठाउँबाट धेरै अफगान क्रिकेटर जन्मिएका छन्।

११ भाइबहिनीमध्ये रसिद ७ औं हुन्। उनका ६ दाजुभाइ र ४ दिदीबहिनी छन्।

सन् २००१ मा अलकायदाले अमेरिकाको ट्विनटावरमा आक्रमण गर्‍यो। अलकायदालाई संरक्षण गरेको भनेर त्यही वर्ष अमेरिकाले अफगानिस्तानमा सेना पठायो। तालिबानको सरकार अपदस्त गर्‍यो। अफगानिस्तानमा फेरि युद्ध सुरू भयो। अफगानीहरू फेरि शरणार्थी बनेर पाकिस्तान पस्न थाले।

रसिद १० वर्षका हुँदा उनको परिवार पनि शरणार्थी बनेर पाकिस्तान आयो।

‘शिविरमा हुँदा सुरूमा निकै मुस्किल थियो। घरबाट बाहिर जाने अनुमति थिएन। दाजुभाइसँग घरभित्र क्रिकेट खेल्थें,’ बिबिसी हिन्दीसँगको अन्तर्वार्तामा रसिदले भनेका छन्।

रसिद पढाइमा तेज थिए। बुवाआमाको इच्छा थियो( छोरो डाक्टर बनोस्।

‘म फर्स्ट त हुन्थेन तर टप फाइभमा पर्थें। पढाएको छिटो बुझ्थें। अम्मी भन्थिन्(तिमी डाक्टर बन्नुपर्छ। मैले नि डाक्टरै बन्ने सोचेको थिएँ। किनकी हाम्रो परिवारमा कोही डाक्टर थिएनन्,’ रसिदले भनेका छन्, ‘क्रिकेटर हुने मेरो लक्ष्य थिएन किनकी त्यतिबेला अफगानिस्तानमा क्रिकेटको कुनै भविष्य देखिन्नथ्यो।’

शिविरमा बस्दामात्र होइन अफगानिस्तानमा पनि रसिदले खेतबारीको काममा सघाउनु पर्थ्यो।

क्रिकबजका हर्ष भोग्लेले एक अन्तर्वार्तामा रसिदलाई सोधे( मैले साहिद अफ्रिदीसँग पनि हात मिलाएको छु। उनकोजस्तै तपाईंको हात पनि निकै कडा र बलियो छ नि, किनरु

जवाफमा बाल्यकाल सम्झिँदै रसिदले भने( हामी दुबै पठान हौं। बच्चैदेखि दाइ र बुवासँग खेतमा काम गरेका छौं। जीवनमा धेरै दुस्खकष्ट झेलेका छौं। त्यही भएर हाम्रा हात कडा र बलिया छन्।

रसिदको लक्ष्य डाक्टर बन्ने थियो अनि अनि फरर अंग्रेजी बोल्ने पनि। कोचिङ क्लास लिएर उनले अंग्रेजी सिके। पढिसकेपछि केही महिना अंग्रेजी पढाए पनि।

क्रिकेट उनको परिवारमै थियो। दाइहरू सबै पाकिस्तानी टिमका फ्यान थिए। घरमा टिम बनाएर क्रिकेट खेल्थे। रसिद पनि उनीहरूसँगै मिसिन्थे।

कान्छा उनलाई दाइहरू कहिल्यै बल र ब्याट दिदैँनथे। फिल्डिङमा पठाइदिन्थे।

‘मलाई यता जा। उता जा। बल लिएर आइजा भन्थे। त्यतिबेला मलाई लाग्थ्यो(यो कस्तो रमाइलो खेल रैछ,’ रसिदले भनेका छन्, ‘सुरूमा मलाई बलिङभन्दा ब्याटिङमा खुब रूची थियो।’

कुची ट्राइब टिमबाट डोमेस्टिक क्रिकेट खेल्ने उनी सुरूमा ओपनिङ ब्याट्सम्यान थिए। १र२ ओभरमात्र बलिङ गर्थे।

एकदिन उनका कप्तानले भनेछन्( तिमी त ब्याटिङभन्दा बलिङ राम्रो गर्छौं। उनले रसिदको बलिङको प्रशंसामात्र गरेनन्। बलिङमात्र गरोस् भनेर ८र९ नम्बरमा आउने ब्याट्सम्यान बनाइदिए छन्।

‘२०१४ पछि मैले गम्भीरतापूर्वक बलिङ गर्न थालें तैपनि ब्याटिङप्रति पनि मेरो मोह अझै उस्तै छ,’ रसिद भन्छन्।

कहिले शरणार्थी बनेर त कहिले जलालावादका गल्ली र सडकमा क्रिकेट खेलेर रसिद हुर्किएजस्तै अफगानी क्रिकेट पनि हुर्कियो।

सन् २००० मै तालिबानले क्रिकेटमाथिको प्रतिबन्ध फुकुवा गरेको थियो। त्यसको एक वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले अफगानी क्रिकेट बोर्डलाई सम्बन्धन दियो।

त्यही वर्ष अफगानिस्तानले पहिलो पटक राष्ट्रिय क्रिकेट टोली बनायो। दुई वर्षपछि अफगानिस्तान एसियन क्रिकेट काउन्सिलको सदस्य बन्यो।

त्यसताका नेपाली क्रिकेट अफगानीस्तानभन्दा बलियो थियो।

सन् २००५ मा अफगानिस्तान एसिसी यु(१५ कपको फाइनलमा पुग्यो। आबुधावीमा भएको फाइनलमा नेपालले अफगानिस्तानलाई ६ विकेटले हराएर उपाधि चुमेको थियो।

सन् २००७ मा अफगानिस्तान एसिसी यू(१९ एलिट कपको फाइनलमा पुग्यो। सो फाइनलमा पनि नेपालले अफगानिस्तानविरूद्ध ४८ रनको जित निकाल्दै उपाधि चुम्यो।

२००८ पछि भने समूह चरण र राष्ट्रिय टोली दुबैमा अफगानी क्रिकेटले लोभ लाग्दो गति समात्यो। त्यही वर्ष अफगानिस्तानले डिभिजन ५ र ४ जित्यो। २००९ मा वर्ल्ड क्रिकेट लिग डिभिजन ३ जित्यो। त्यही वर्ष अप्रिलमा अफगानिस्तानले एकदिवसीय मान्यता पाएर पहिलो खेल आयरल्याण्डसँग खेल्यो। २०१० मा जलालावादमा अफगानिस्तानले पहिलो क्रिकेट रंगशाला बनायो।

२०१३ मा अफगानिस्तान आइसिसीको एसोसियट सदस्य राष्ट्र बन्यो।

सन् २०१५ मा त अफगानिस्तानले एकदिवसीय विश्वकप नै खेल्यो। स्कटल्याण्डविरूद्ध एक विकेटको पहिलो जित पनि निकाल्यो। त्यही वर्षदेखि भारतको ग्रेट नोयडा रंगशालालाई अफगानिस्तानको घरेलु मैदान घोषणा गरियो।

त्यही बेलादेखि हो रसिद अफगानी क्रिकेटसँग जोडिएको।

सन् २०१५ मा अन्डर(१९ विश्वकप खेल्ने नयाँ प्रतिभा खोज्ने क्रममा प्रशिक्षकका आँखा रसिदमाथि परेका हुन्।

प्रशिक्षक दौलत अहमदजाईले उनलाई भनेका थिए( यदि तिमीले तीन महिना मेहनत गरेर खेल्यौ भने महान क्रिकेटर बन्नेछौ। रसिद यू(१९ टोलीमा परे। दौलतको कुरा सम्झिरहे र त्यहीअनुसार मेहनत पनि गरे। नभन्दै उनी त्यही वर्ष राष्ट्रिय टोलीमा परे।

२०१५ मा उनी १७ वर्षको हुँदा उनले दुबै अक्टोबर १८ मा जिम्बाबेविरूद्ध ओडिआई डेब्यू गरेका उनले १० दिन नबित्दै जिम्बाबेविरूद्धै टिट्वान्टी पनि डेब्यु गरे।

‘यति छिटै राष्ट्रिय टिममा पर्छु भन्ने मैले कल्पना पनि गरेको थिइनँ,’ रसिद भन्छन्। त्यसपछि उनले पछाडि फर्किनु परेन बरू दिनप्रतिदिन उनका नाममा रेकर्डैरेकर्ड बन्न थाले।

क्रिकेट मैदानमा रसिद खानलाई हेर्नुभन्दा ठूलो कुनै आनन्द छैन्। चाहे उनी ब्याट समातिरहेका हुन् चाहे बल फाल्न दौडिरहेका हुन् वा मैदानको कुनै कुनामा फिल्डिङ गरिरहेका हुन्। त्यस्ता कुनै बेला हुँदैनन् जहाँ उनले केही आकर्षक काम नगरेका होऊन्।

रसिदको फेसबुकबाट।

उनी एक दिवसीय क्रिकेटमा संसारकै कान्छा कप्तान हुन। सन् २०१८ को वर्ल्ड कप क्वालिफायरमा स्कटल्याण्डविरूद्धको खेलमा कप्तानी सम्हाल्दा उनी १९ वर्ष १६५ दिनका थिए। त्यो दिन नियमित कप्तान असगर स्तानिकजाईको शल्यक्रिया गर्नुपरेकाले कप्तानको जिम्मेवारी रसिदको काँधमा आएको थियो।

उनले ओडिआईमा सबैभन्दा छिटो सय विकेट लिने रेकर्ड पनि आफ्नो नाममा बनाएका छन्।

अष्ट्रेलियाका मिचेल स्टार्कले ५२ म्याचमा सय विकेट लिएको रेकर्ड उनले ४४ म्याचमा सय विकेट लिएर तोडे।

२०१८ फेब्रुअरीमा आइसिसीको एकदिवसीय बलरको नम्बर वान हुँदा उनी कम उमेरमा त्यो ठाउँमा पुग्ने पहिलो खेलाडी बनेका थिए। टिट्वान्टीमा पनि उनले त्यही रेकर्ड कायम गरे।

७ हजार ९२ दिनको उमेरमा आइसिसीको बलिङमा नम्बर वान बनेर उनले पाकिस्तानका सकलिन मुस्ताकको रेकर्ड तोडिदिए। सन् १९९८मा आइसिसीको बलिङ चार्टमा पहिलो नम्बरमा पर्दा सकलिन ७ हजार ६ सय ८३ दिनका थिए।

२०१७ मा आइसिसी एसोसियट प्लेयर अफ द अर्वाड पाएका रसिद त्यो अवार्ड पाउने अहिलेसम्मकै कान्छा खेलाडी हुन्।

उनले डेब्यु गरेको २ वर्ष २२० दिनमा टिट्वान्टीका ३१ खेलमा ५० विकेट लिएका छन्। उनीभन्दा अघि श्रीलंकाका स्पिनर अजान्ता मेन्डिस छन्। अजान्ताले २६ खेलमा ५० विकेट लिएका छन्।

टिट्वान्टी फर्म्याटमा २ ओभरमा पाँच विकेट लिने रसिद पहिलो खेलाडी हुन्। सन् २०१७ मा आयरल्याण्डविरूद्धको खेलमा उनले २ ओभरमा ३ रनमात्र खर्चेर ५ विकेट हात पारेका थिए।

ओडिआईको एकै खेलमा ७ विकेट लिने उनी एसोसियट राष्ट्रको पहिलो खेलाडी हुन्। वेस्ट इन्डिजसँग २०१७ मा भएको खेलमा उनले १८ रन खर्चेर ७ विकेट लिएका थिए।

सन् २०१७ मा उनले ६० विकेट लिएका थिए। त्यही वर्ष ओडिआईमा पनि उनले ४३ विकेट लिए।

‘नयाँ रेकर्ड बनाउँला वा रेकर्ड तोडुँला भन्ने दिमागमा थिएन। राम्रो क्रिकेट खेलौं भन्नेमात्र थियो,’ बिबिसी हिन्दीसँग रसिदले भनेका छन्, ‘नम्बर वान बलर हुनु मलाई र मेरो देशका लागि गर्वको क्षण हो। यसले मलाई अझै हामीले धेरै राम्रा र सकारात्मक काम गर्नुपर्छ भन्ने उत्प्रेरणा र जाँगर दिन्छ।’

राष्ट्रिय टिमबाटमात्र होइन क्लब क्रिकेटमा पनि रसिदले आफूलाई अब्बल सावित गरेका छन्।

इन्डियन प्रिमियर लिग ९आइपिएल० खेल्ने उनी पहिलो अफगानी खेलाडी हुन्।

२०१७ फेब्रुअरीको अक्सनमा उनी आइपिइएलमा एसोसिएट राष्ट्रका सबैभन्दा महंगा खेलाडी बने। सनराइजर्स हैदरावादले उनलाई ४ करोड भारूमा किन्यो।

‘आइपिएल खेल्न पहिलोपल्ट मैदानमा उत्रिँदा म कहाँ छु भन्नेमा मलाई नै विश्वास लागेन। एक वर्षमै राष्ट्रिय टिम, अर्को वर्ष यत्रो ठूलो आइपिएलमारु यो कसरी भयोरु’ रसिदले एक युट्युब अन्तर्वार्तामा भनेका छन्।

आइपिएलमा विराट कोहलीलाई आउट पार्दा निकै मजा आउने उनी बताउँछन्। विकेट लिएपछि रसिद दुबै हात फैलाएर ुएरोप्लेन सेलिब्रेसनु गर्छन्। यो शैली उनका भतिजाले सुझाएका हुन्।

रसिदले बंगलादेश प्रिमियर लिग, क्यारेबिनयन प्रिमियर लिग, बिग ब्यास लिग र ससेक्स सार्क पनि खेलिसकेका छन्।

‘बिग ब्यास, आइपिएलजस्ता ठूला लिगहरू खेल्दा मैले निकै राम्रो अनुभव गर्छु,’ रसिद भन्छन्, ‘त्यहाँका कोच र खेलाडीहरूसँग धेरै कुरा सिक्ने मौका मिल्छ।’

तर कस्तो लाग्छ भने उनको सिकाइ र कमाइभन्दा पनि ठूला लिगमा उनले गरेको योगदान नै बढी छ।

सोही वर्ष क्यारेबियन प्रिमियर लिगमा खेलेका उनले लिगको इतिहासमै पहिलो ह्याट्रिक गरे।

अष्ट्रेलियन लिग बिग ब्यासमा एडिलेड स्ट्राइकर्सलाई उपाधि जिताउन पनि ठूलो भूमिका खेले।

बिग ब्यासमा उनको प्रदर्शनपछि अफगानिस्तानका पूर्वप्रशिक्षकसमेत रहेका अष्ट्रेलियाका पूर्वटेस्ट क्रिकेटर डिन जोन्सले सिड्नी मोर्निङ हेराल्डमा लेखे( रसिद खान पूर्ण रूपमा अर्कै तहका खेलाडी हुन्। अहिलेका कुनै पनि ब्याट्सम्यानले उनी कतातिर बल घुमाइरहेका छन् भन्ने मेसो पाउँदैनन्। उनी ९२(९७ किलोमिटररप्रतिघन्टाको गतिमा बल फाल्छन् यसले कुनै पनि ब्याट्सम्यानलाई अगाडि बढेर उनको बलमा प्रहार गर्न असम्भवजस्तै हुन्छ। उनी यस्ता छन् कि जुनसुकै टिमबाट खेले पनि सबैलाई आफूतिरै सम्मोहित गरिदिन्छन्। मैले कुनै ब्याट्सम्यान देखेको छैन। जसले उनलाई चुटेका छन्। बिबिएलमा उनको क्षमता देखेपछि मैले कल्पना गरें( उनीजस्तो क्षमता भएको खेलाडीले अष्ट्रेलियन टिममा कति धेरै सुधार गर्थे होलान्।’

विश्व क्रिकेटमा चमत्कार गरेका रसिदले यस्तो बलिङ गर्न कसैबाट सिके किरु

लेग ब्रेक गुगली बलिङ गर्ने रसिदका आदर्श बलर पाकिस्तान साहिद अफ्रिदी हुन्। तर उनी अफ्रिदीका सबै कुरा भने पछ्याउँदैनन्।

‘म अहिलेसम्म जसरी बलिङ गरिरहेको छु। सुरूदेखि यसरी नै गर्थें। कुनै कोचले मलाई यसरी गर, त्यसरी गर भनेका छैनन्,’ रसिद भन्छन्, ‘आइपिएलमा हुँदा मैले मुरलीधरनलाई पनि सोधें(मेरो बलिङबारे तपाईं के सोच्नुहुन्छरु म के गरूँ, के नगरूँरुु

मुरलीधरनले भनेछन्( रसिद, यु आर युनिक। तिमी मभन्दा पनि राम्रो बलर हौ। तिमीसँगको क्षमता विशेष छ।

बलिङमा विशेष क्षमता भएका रसिदले समाजसेवामा पनि हात हालेका छन्। टुहुरा बालबालिकाकाको शिक्षा र स्वास्थ्यमा सघाउन रसिद खान फाउन्डेसन खोल्ने घोषणा गरेका छन्।

‘म धेरै ठूलो काम गर्न सक्दैन तर सानो काम गर्न सक्छु पूरै प्रेम र प्रेरणाका साथ,’ उनले फेसबुकमा लेखेका छन्।

टिमभित्र पनि उनी निकै सहयोगी छन्। १७ वर्षीय उदाउँदा बलर मुजिब उर रहमानलाई रसिदले बलिङ कला सिकाउँछन्।

मुजिब रसिदलाई पछ्याइरहेका छन्। २०१८ मा मुजिब आइपिएल खेल्ने सबैभन्दा कान्छो खेलाडी बने। किंग्स इलाभेन पञ्जाबले उनलाई ४ करोड भारूमा किन्यो।

उनको पुरा नाम रसिद खान अर्मान हो। अर्मान अर्थात् सपना।

२२ वर्षअघि धर्मबाट ध्यान हट्छ भनेर तालिबानले प्रतिबन्ध गरेको अफगानिस्तान अहिले टेस्ट खेल्ने ११ औं राष्ट्र बनेको छ। १० वर्षअघि शरणार्थी बनेर पाकिस्तानी शिविरमा पुगेका रसिद नम्बर वान अल राउन्डर बनेका छन्। डाक्टर बन्ने सपना बुनेका रसिद र अफगानी क्रिकेटको एउटा सपना भने अझै बाँकी छ।

‘धेरै सपना त पूरा भइसके। अब एउटै सपना बाँकी छ। त्यो हो, अफगानिस्तानका लागि विश्वकप जित्ने,’ रसिदले भनेका छन्, ‘मेहनत गरेर मनैदेखि खेल्यौं भने मलाई लाग्छ( त्यो दिन पनि धेरै टाढा छैन।’

source-(सेतोपाटी डटकम)-एजेन्सीहरूको सहयोगमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here