Under Featured Image in News Page
sahara

काठमाडौं(खेलाडी न्युज)-लतिलपुरका शसिन डङ्गोल र दिपेश शाक्य किङ्गकम क्लब बानेश्वरको आयोजनमा भएको दशौं खुल्ला बबिन स्मृती ब्याडमिन्टन प्रतियोगिता २०२० को च्याििम्पयन भएका छन् । सोमबार आयोजकको प्राङ्गणमा भएको प्रतियोगितामा योङ्गस्टार क्लब ललितपुरका शसिन र दिपेशको जोडीले आयोजकका बिकास चन्द्र राई र यम रानाको जोडीलाई २१ -१८, ११ -२१, २१ -१८ ले पराजित गर्दै उपाधी हात पारेका छन् । विजेता र उपबिजेता नगद ४० हजार र २५ हजार सहित मेडल प्रमाण पत्र र मेडल ट्रफी प्राप्त गरे ।तेश्रो स्थानमा लतिलपुरका योङ्गस्टार क्लबका सुमन शाक्य र सनिल शाक्यको जोडी भए । शाक्यको जोडीले नगद १५ हजार प्राप्त गरे ।

भेटान्स डबल तर्फको खेलमा एभरेष्ट ब्याडमिन्टन क्लबका डि.बि. लामा र नारायण श्रेष्ठले जित हात पारे । लामा र श्रेष्ठको जोडीले नगद २० हजार सहिति मेडल र प्रमाण पत्र प्राप्त गरे । दोश्रो स्थामा पेप्सी क्लबा कृष्ण राम थापा र सुरेन्द्र कटुवालाको जोडीले नगद १२ हजार र मेडल तथा प्रमाण पत्र प्राप्त गरे । तेश्रो स्थानमा वाणगंगा क्लबका देवेन्द्र दुलाल र खेम राज भट्टले नगद ८ हजार सहित मेडल तथा प्रमाण पत्र प्राप्त गरे ।

बिलेता खेलाडीहरुलाई नेपाली कग्रेंसका नेता, पर्व उप प्रधान मन्त्री एवं संघय संसदका सभासद् प्रकाश मान सिंह, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, बागमती प्रदेशका समाभसद् दिपेन्द्र श्रेष्ठ र राजेन् गुरुङ्ग लगायतले पुरस्कार बितरण गरका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here