पोखरा(खेलाडी न्युज)-यतिबेला इग्लिंस प्रिमियर लिग चलिरहेको छ । खेलाडी किनबेच सकिएको छ । अब केवल लोनमा एउटा देखि अर्को क्लबका जाने सम्भावना मात्रै छ ।

प्रिमियर लिग विजेता म्यानचेष्टर सिटीले खेलाडीकै लागि १ विलियन युरो खर्च गरेको तथ्यांक छ । जुन फुटबल इतिहासमै पहिलो हो । सिआईइएस फुटबलको सर्भेक्षण अनुसार पेप ग्वार्डिओलाको टिमले खेलाडीको लागि १.०१४ विलियन युरो खर्च गरेको हो ।

फ्रान्सेली क्लब एवं फ्रेन्च च्याम्पियन क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)ले खर्च गरेको आधारमा दोस्रो स्थानमा छ । उसले ९१३ मिलियन युरो खर्च गरेको तथ्यांक छ । तेस्रो स्थानमा स्पेनिस ला लिगाको रियल मड्रिड छ । खेलाडीको लागि क्लबले पनि ९०२ मिलियन युरो खर्च गरेको छ । प्रिमियर लिगलाई मान्ने हो भने म्यानचेष्टर युनाईटेड भने खेलाडीको लागि खर्च गर्ने दोस्रो स्थानमा छ । उसले ७५१ मिलियन युरो विभिन्न खेलाडीलाई अनुबन्धन गराउन खर्च गरेको छ ।

सिजनको च्याम्पियन्स लिग विजेता लिभरपुलले भने अरुको भन्दा कम रकम खर्च गरेको छ । लिभरपुलले यो सिजनको लागि ६३९ मिलियन युरो खर्च गरेको तथ्यांक छ । डिलोईटीको रिपोर्ट अनुसार युरोपियन क्लबहरुले समर ट्रान्सफरमा मात्रै ५ विलियन युरो खर्च गरेको छ । जुन पहिलो हो ।

रिपोर्ट अनुसार प्रिमियर लिगको अनुपातलाई नियाल्दा ३४५ मिलियन युरो खर्च भएको छ । ला लिग र इटालियन सिरी एमा औसतमा १६७ मिलियन युरो खर्च भएको जनाइएको छ । जर्मनको बुन्डेसा लिगामा औसत १२४ मिलियन र लिग १ मा औसत लगानी भने क्लबहरुको ११८ मिलियन युरो देखिएको छ ।

पाँचौ स्थानमा युभेण्ट्सले लगानी गरेको छ । युभेण्ट्सले ७१९ मिलियन खेलाडीको लागि खर्च गर्दा छैटौं स्थानमा बार्सिलोना रहेको छ । बार्सिलोनले क्लबमा खेलाडी भित्रयाउन ६९७ मिलियन युरो खर्चिएको छ । चेल्सीले ५६१ मिलियन खर्चको आँकडा देखाउँदा एथलेटिको मड्रिडले पनि ५५० मिलियन र दशौं स्थानमा आर्सनलले ४९८ मिलियन मात्रै खर्च गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here