पोखरा(खेलाडी न्युज)-पोखरामा सर्वाधिक पुरस्कार राशीको मिडिया कप सेभेन ए साईड फुटबल प्रतियोगिता हुदैंं छ । नेपाल सेभेन ए साईड महासंघको आयोजनामा आगामी भदौ ९ देखि ११ गतेसम्म मिडिया कप सेभेन ए साईड फुटबल प्रतियोगिता हुने छ ।

प्रतियोगितामा नेपाल पत्रकार महासंघ कास्कीमा आवद्ध सदस्यहरुले सहभागिता जनाउने पाउने छन् । आयोजक सेभेन ए साईड महासंघका अनुसार प्रतियोगितामा नेपाल पत्रकार महासंघका सदस्य, खेलकुद पत्रकार मञ्च गण्डकीको सदस्य वा प्रेस काउन्सिल सूचना विभागको प्रेस पास लिएका पत्रकारले सहभागिता जनाउन पाउने प्रावधान छ । नेपाल पत्रकार महासंघ कास्कीले नयाँ सदस्यताको लागि आवेदन दिएका पत्रकारले पनि सहभागिता जनाउन सक्ने उल्लेख छ ।

टिममा ७ खेलाडी, तीन बैकल्पिक खेलाडी र टिम व्यवस्थापक एवं प्रशिक्षक रहने व्यवस्था गरिएको छ । व्यवस्थापक र प्रशिक्षक पत्रकार बाहेक अन्य जसलाई पनि राख्न सकिने प्रावधान रहेको नेपाल सेभेन ए साईडका अध्यक्ष नविन पुनले बताए । उनका अनुसार टिम बनाउँदा चारवटा मिडिया मिलेर बनाउन सकिने छ । ‘चारवटा मिडिया मर्ज गरेर टिम बनाउन सकिने छ ।’ उनले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भने–‘पत्रकार साथीहरुको माग भने पाँचवटा मिडिया मर्ज गरेर टिम बनाउन पाउनुपर्ने छ ।’ त्यो पनि नेपाल पत्रकार महासंघ कास्कीको समन्वयमा व्यवस्थापन गर्न सकिने छ । यद्यपी निर्णय अर्को पत्रकार सम्मेलन मार्फत जानकारी गराईने तय गरिएको छ ।

मिडिया कप पछिल्लो समय पोखरामा आयोजना हुदैं आएको छ । केही दिन अघि मात्रै मिडिया कप फुटसल प्रतियोगिता आयोजना गरिएको थियो । गत वर्ष पनि मिडिया कप फुटसल नै आयोजना गरिएको थियो । आयोजक भने फरक फरक नै थिए । तर विवादरहित बन्नै सकेन् । सेभेन ए साईड महासंघले पत्रकार महासंघकै समन्वयमा महासंघ, मन्च र रातो पास लिएका पत्रकारलाई मात्रै समावेश गराउने नियमले प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने मात्रै नभई गैर मिडिया कपमा गैर पत्रकारको सहभागिता नहुने विश्वास लिइएको छ ।

खेल २५÷२५ मिनेट खेलाईने छ । सेमीफाईनल खेलको समय भने २० मिनेटमा झारिएको छ । प्रतियोगितामा विजेताले ४० हजार रुपैयाँ पाउने छ । केही दिन अघि मात्रै सम्पन्न भएको फुटसलमा ३५ हजार रुपैयाँ पुरस्कार राशी राखिएको थियो । उपविजेताले २५ हजार रुपैयाँ पाउने छ । उत्कृष्ठ खेलाडीले ५ हजार रुपैयाा पाउने आयोजक महासंघका महासचिव डिबी नेपालीले सुनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here