Under Featured Image in News Page

एजेन्सी-उरुग्वेसित पराजित भएको इजिप्टियन टोली विश्वकपमा मर्माहत भएकोछ । आफना भरपर्दा खेलाडी मोहम्मद सलाहलाई बेन्चमै राखेर उरुग्वेसितको खेल गुमाएपछि इजिप्टलाई अहिले आयोजिक रसिया विरुद्ध सलाहलाई उतार्ने मनस्थितिमा छ । यद्यपी रसिया विरुद्ध उतार्नु अघि उनको अन्तिम फिजिकल फिटनेस गरिने समेत इजिप्टले जनाएको छ ।

सलाह फिट भईसकेका छन् । इजिप्टका प्रशिक्षक हेक्टर कुपरले भने तर पनि आयोजक रसिया विरुद्ध लाईन अप तयार पार्नुअघि फिजिकल फिटनेस गरिने छ । इजिप्टले आयोजकसँग बराबरीमात्रै गरेको अवस्थामा विश्वकपको दोस्रो चरणको यात्रा अझै जिवितै हुने आशा र विश्वास गरेको छ । रसियाले साउदी अरेबियालाई पराजित गर्दै प्रभावशाली देखिएको छ । इजिप्टलाई पनि खेल जित्नै पर्ने दबाव पनि उत्तिकै छ । पराजय भएको अवस्थामा घर फर्किनुको विकल्प भने हुदैन् । त्यसैले पनि मोहम्मद सलाहलाई रसिया विरुद्ध उतार्ने सम्भावना बढी छ । इजिप्टले सलाहको जादु चल्नेमा विश्वास समेत लिएको छ ।

गोल अन्तरले उरुग्वे दोस्रो स्थानमा छ । साउदी अरेबिया र इजिप्ट अंक विहीन छन् । अन्तिम १६ को लागि इजिप्टले रसिया र साउदी अरेबियालाई पराजित गर्नुपर्ने देखिन्छ । उरुग्वे र रसियाले पनि एक एक जितेको अवस्थामा छ । उनीहरुलाई पनि इजिप्टले जितेको अवस्थामा थप दबाव सृजना हुने देखिन्छ । त्यसैले पनि आयोजक रसियाले इजिप्टलाई पराजित गर्नुपर्ने रणनीति बुन्दै छ । इजिप्टले रसियासँग आज राती ११ बजेर ४५ मिनेटमा खेल्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here