सहाराको सामाजिक काम–एकेडेमी टु शिुशस्याहार केन्द्र

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज २ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-‘मन बचन र कर्मले सामाजिक सेवा गरौंं’ सहारा क्लबको मुल मन्त्र हो । त्यही मन्त्रमा रहेर विभिन्न सामाजिक क्षेत्रमा आफनो सक्रियता देखाउँदै सामाजिक दायित्व पुरा गर्दै आएका छ ।

डेढ दशकदेखि सहाराले फुटबल एकेडेमी शुरु गरेको छ । जुन एकेडेमी आवासयुक्त छ । अहिले पोखरा १७ दोविल्लामा रहेको एकेडेमीमा २८ जना बालखेलाडी छन् । जसले फुटबलमा भविष्य कोर्ने लक्ष्यसहित शिक्षा हासिल गरिरहेका छन् । अनाथ र असाहाय बालकलाई आश्रय दिदैं सामाजिक दायित्व बोधको पहिलो खुडकिलो पुरा गरिरहेको हो । ‘क्लबको मन्त्र नै सामाजिक सेवा हो । त्यसैले फुटलबसँगै सामाजिक सत्कार्य गर्दै आएका छौं ।’ सहारा क्लबका निर्वतमान अध्यक्ष बीरभद्र आचार्यले भने–‘एकेडेमीलाई क्लबको अग्रसरतामा अन्य विभिन्न संघसंस्था तथा व्यक्तिविशेष स्वदेश तथा विदेशबाट सहयोग जुटेको छ ।’

सामाजिका कार्य गर्ने उद्देश्यलाई आत्मसात गर्दै क्लबले निर्माणधीन बहुउद्देश्यीय भवनमा पोखरा महानगरपालिकासँग समन्वय गरी शिशु स्याहार केन्द्र सञ्चलान गरेको छ । पोखरा महानगरपालिका वडा नं ९ सगँको सहकार्यमा क्लबले दुई शिशुलाई क्लबकै भवनमा सञ्चालन स्याहार केन्द्रमा राखिएको क्लबका अध्यक्ष केशवबहादुर थापाले बताए । उनले वडाले शिशु स्याहार केन्द्रको लागि दुईजना कर्मचारी समेत घटाईसकेको छ ।

‘३० जनासम्मको क्षमता हो । तर अहिले दुईजना मात्रै छन् ।’ अध्यक्ष थापाले भने–‘२० देखि २५ जना मात्रै राख्ने योजना छ ।’ उनले स्याहार केन्द्रको लागि क्लबले आवश्यक भौतिक पुर्वाधार तयार बनाएको बताउँदै महागरपालिकासँग समन्वय मात्रै गरिएको स्पष्ट पारे । शिशुको लागि आवश्यक खाजा समेत महानगरपालिकाले उपलब्ध गराउँदै आएको छ । उनले स्यहार केन्द्रको लागि स्थानीयस्तरमै घरदैलो अभियान समेत चलाईएको बताए ।

क्लबले पृथ्वीचोकमा सार्वजनिक शौचालय सञ्चालनलाई निरन्तरता दिने प्रस्ताव समेत गरिएको छ । बसपार्क भित्र रहेको साहारा बाल प्राविलाई वर्षेनी क्लबले विभिन्न सहयोग दिदैं आएको छ । गत वर्ष मात्रै क्लबले ७५ हजार बराबरको सामाग्री हस्तान्तरण गरेको क्लबका महासचिव विश्वराज बरालले शनिबार सम्पन्न वार्षिक साधारण सभामा उल्लेख गरेका थिए । उनले १४ लाख र क्लबले विभिन्न संघसंस्थाबाट सहयोग जुटाई २८ लाख ९८ हजारको लागतमा शौचालय पुन निर्माण गरेको बताए ।

क्लबले वर्षेनी दोविल्लास्थित एकेडेमीमा बृहत स्वास्थ्य शिविर समेत गर्दै आएको छ । आकस्मिक दैवी प्रकोप एवं प्राकृति प्रकोपमा सहायता प्रदान गर्ने निर्णयलाई समेत यथावत राखेको छ । क्लबले २०७२ सालमा गएको भूकम्पले भत्काएका गोरखा र सिन्धुपाल्चोकमा विद्यालय भवन निर्माण गरी स्थानीय विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिसकेको छ । बसपार्क क्षेत्रमा वर्षेनी वर्षायाममा हुने हिलोले समस्या निम्त्याउने गरेको छ । त्यसको निराकरण गर्न क्लबले वर्षेनी माटो भर्दै खाल्डा खुल्डी पुर्ने काम समेत गरिरहेको छ । क्लबले अब पोखरा बसपार्क निर्माण एवं सिसिटिभी जडानको लागि पहल समेत गर्ने प्रस्ताव समेत गरेको महासचिव बरालले बताए । दोविल्लास्थित सहरा एकेडेमीमा पनि सिसि क्यामेरा जडान गर्ने निर्णय क्लबले गरिसकेको छ ।

क्लबले नयाँ प्रस्तावको रुपमा भगिनी सम्बन्ध विस्तार गर्ने योजना बनाएको छ । पोखरा महानगपालिकाको विभिन्न देशका शहरसँग भगिनी सम्बन्ध कायम गरेको छ । क्लबले पनि त्यसैलाई सिको गर्दै क्लबहरुसँग भगिनी सम्बन्ध विस्तार गर्ने योजना रहेको क्लबका अध्यक्ष केशवबहादुर थापाले बताए ।