पोखरा(खेलाडी न्युज)- साफ च्याम्पियनसिपको लागि नेपाली फुटबल टोलीलाई अखिल नेपाल फुटबल संघ(एन्फा)ले विदाई गरेको छ । विदाई समारोहमा एन्फाले खेलाडीको मनोबल उच्च बनाउन साफ विजेता खेलाडीलाई जनही ५ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरे ।

नेपाली टोली साफ च्याम्पियनसिपमा सहभागिता जनाउन आईतबार बंगलादेश प्रस्थान गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिदाइ गर्दै उपाधि जिते ५-५ लाख रुपैयाँ दिने घोषणा गरिएको थियो ।

नेपालले प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तानसँग १९ भदौमा बंगबन्धु स्टेडियममा खेल्नेछ । त्यसपछि नेपालले २१ भदौमा भुटानको तथा २३ भदौमा आयोजक बंगलादेशको सामना गर्नेछ । पछिल्लो समय नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलभन्दा अघि बढ्न सकेको छैन । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । नेपाल बंगबन्धु गोल्डकपको विजेता समेत हो । बंगलादेश मै गोल्डकप उपाधि उचालेको नेपाली टोलीले गर्विलो छविलाई कायम राख्न साफमा प्रभावकारी प्रदर्शन गर्नेमा प्रशिक्षक विश्वस्त छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here