एजेन्सी—अतिरिक्त समयमा गोल गर्दै म्यानचेष्टर सिटीले इग्लिस प्रिमियर लिगको उपाधिसँगै नयाँ किर्तिमान बनाएको छ । एकै सिजनमा १०० अंक जोड्दै उपाधि उचाल्ने सिटी पहिलो क्लब बन्यो । साउथ ह्याम्पटनलाई १—०ले पराजित गर्दै म्यानचेष्टर सिटीले तीन अंक जोड्दै प्रिमियर लिगमा सय अंकको आँकडा छोयो ।

प्रिमियर लिग अन्तर्गत सिजनको अन्तिम खेल सिटीले साउथह्याम्पटनसँग खेल्यो । गोलरहित बराबरीमा टुंगिने सम्भावना बढ्दै गएको अवस्थामा सिटीले खेलको ९०+४ मिनेटमा ग्रावियल जेससले गोल गर्दै जित मात्रै दिलाएनन् । १०० अंकसहित प्रिमियर लिग उचाल्ने इतिहास समेत सिटीले बनायो ।

च्याम्पियन्स लिगबाट बाहिरिएको म्यानचेष्टर सिटीले घरेलु र अवे खेलमा सर्वाधिक खेल जित्ने क्लबको सूचीमा समेत आफुलाई उभ्याएको छ । पहिलो सिजन उपाधि विहीन भएर टुग्याएका प्रशिक्षक पेप ग्वार्डिओलाले दोस्रो सिजन प्रिमियर लिगको उपाधिसँगै किर्तिमानी समेत बनाएर उचाले । अब सम्भवत प्रिमियर लिगमा १०० को आँकडा पुरा गर्ने सम्भावना निकै कठिनाई हुन्छ । तर सिटीले एकपछि अर्को खेलमा जितको नजिता निकाल्दै किर्तिमान बनायो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here