Under Featured Image in News Page
sahara

पोखरा(खेलाडी न्युज)-सहारा क्लबले वर्षेनी प्रदान गर्दै आएको ‘सर्वोत्कृष्ठ राष्ट्रिय फुटबल खेलाडी सम्मान –२०७६’ बाट नेपाली राष्ट्रिय फुटबलका कप्तान सुजल श्रेष्ठलाई सम्मान गरिने भएको छ । आहा रारा गोल्डकपको १८ औं सस्करणको उदघाटन समारोहमा सुजललाई नगदसहित दोसल्ला ओढाई सम्मानपत्रबाट सम्मानित गरिने छ ।

सम्मानको प्रायोजन कास्की जिल्ला फुटबल संघका पुर्व अध्यक्ष खेमबहादुर गुरुङले प्रायोजन गरेका हुन् । पुरस्कार राशी ३५ हजार, सम्मानपत्र र दोसल्ला रहेको छ । सुजल नेपाली राष्ट्रिय टीमका कप्तान समेत हुन् । उनैको नेतृत्वमा नेपालले भुटानलाई पराजित गर्दै १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक जितेको थियो ।

सुजललाई सर्वोत्कृष्ठ खेलाडी सम्मानबाट सम्मानित गरिने निर्णय मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । यस अघि किरण चेम्जोङ र भरत खवासलाई सम्मान गरिसकिएको छ । सहारा क्लबका पुर्व अध्यक्ष विक्रम थकालीले यो वर्षको पुरस्कार सुजललाई प्रदान गर्ने निर्णयसँगै उदघाटन समारोहमा सम्मानित गरिने जनाए ।

बिहीबारदेखि आहा राराको १८ औं सस्करणको फुटबल प्रतियोगिता शुरु हुदैं छ । उदघाटन खेल सहारा क्लबले विग्रेड ब्वाईज क्लबसँग खेल्ने छ । तीन विभागीय क्लबसँगै उपाधिको लागि रुस्लान थ्रीस्टार, नेपाल आयल निगम मनाङ मस्याङ्दी क्लब, बिग्रेड ब्वाईज क्लब, संकटा क्लब, झापा ११ फुटबल क्लब, गान्तोक सिटी फुटबल क्लब भारत र आयोजक सहारा क्लबसँग प्रतिस्पर्धा हुने क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए ।

क्लबले यो वर्ष पुरस्कार राशी पनि बृद्धि गरेको छ । विजेताले १० लाख १ हजार रुपैयाँ प्राप्त गर्ने छ । उपविजेताले भने ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने छ । त्यसैगरी सर्वोत्कृष्ष्ठ खेलाडी प्रायोजन अप्रिला स्कुटर प्रदान गरिने छ । सहारा युकेले प्रत्येक खेलको म्यान अफ दि म्याचलाई ५ हजार रुपैयाँ प्रदान गर्न सहयोग गरेको छ । हिमश्री फुड्सको मुख्य प्रायोजन रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here