Under Featured Image in News Page
sahara

पोखरा (खेलाडी न्युज)-पोखरा रंगशालामा जारी कास्की जिल्लास्तरिय प्रथम सृजना कप सामुदायीक मावि छात्र÷छात्रा भलिवल प्रतियोगिताको छात्रतर्फको उपाधिका लागि कालिका मावि र राष्ट्रिय मावि भिड्ने भएका छन् । छात्रातर्फ भने जनप्रिय मावि र तालवाराही मावि प्रतिष्पर्धामा उत्रिने भएका छन् । कास्की जिल्ला भलिवल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा भएको प्रतियोगितामा छात्र तथा छात्रा दुबैतर्फको उपाधि भिडन्त भोलि शनिबार हुँदैछ ।

शुक्रबार भएको छात्रतर्फको सेमीफाइनल खेलमा राष्ट्रिय माविले भद्रकाली माविलाई सोझो सेटमा पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो । राष्ट्रिय माविले भद्रकालीलाई २५–१९, २५–१७ र २५–१६ को सेटमा पराजित गर्दै फाइनल यात्रा सुरक्षित गरेको हो ।

त्यस्तै शुक्रबारै भएको अर्को खेलमा कालिका माविले लक्ष्मी माविलाई ३÷१ सेटमा पराजित गर्दै उपाधि यात्रा सुनिश्चित ग¥यो । कालिकाले लक्ष्मी माविलाई २५–१३, २०–२५, २५–१६ र २८–२६ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । शुक्रबारै भएको छात्रातर्फको सेमीफाइनल खेलमा जनप्रिय माविले छोरेपाटन माविलाई २५–२०, १५–२५, २५–७ र २९–२७ को सेटमा पराजित गर्दै उपाधि निकट पुगेको हो । अर्को सेमिफाईनल खेलमा तालवाराही माविले बाल मन्दिर माविलाई २५–१४, २५–१४ र २५–१६ सोझो सेटमा सहज जित निकाल्दै उपाधि नजिक पुगेको हो ।

प्रतियोगिताको उपाधि बिजेताले ५० हजार, उपबिजेतालाई ३० हजार र तृतीय हुने विद्यालयलाई १५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै, प्रतियोगितामा उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट लिफ्टर, उत्कृष्ट सर्भर र उत्कृष्ट प्रशिक्षकलाई पनि नगद ५÷५ हजारसहित प्रमाणपत्र प्रदान गरिने कास्की जिल्ला भलिवल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here