एजेन्सी—स्टोक सिटीको चुनौतिलाई २—१ गोलले पन्छाउँदै टोटनह्याम हट्सपर इग्ंिलस प्रिमियर लिगको लिभरपुलसँगै समान ६७ अंकमा पुगेको छ । यद्यपी गोल अन्तरले टोटनह्याम भने चौथो स्थानमै रहेको छ ।

तर टोटनह्यामले एक खेल कम खेलेको छ । लिभरपुल ३३ खेलसँगै ६७ अंक छ भने टोटनह्याम ३२ खेलको समाप्तीमा ६७ अंकमै रहेको छ । पहिलो हाफसम्म टोटनह्यामको प्रहारलाई रोक्न सफल भएको स्टोक सिटी भने दोस्रो हाफमा भएका केही कमजोरीमा गोलको सामना गर्न पुग्यो ।

क्रिष्टियन एरिकसनको गोलबाट लिएको अग्रतालाई टोटनह्यामले धेरैबेर राख्न सकेन् । ५२ औं मिनेटमा गोल गर्दै दबावमा राखेपनि ५७ औं मिनेटमा मामे डियोफको गोलबाट बराबरी रोक्यो । डेले एल्लीको पासमा एरिकसनले गोल गरेका थिए ।

बराबरीको यात्रा पनि लामो समयसम्म रहन सकेन् । ह्यारी केनले ६३ औं मिनेटमा अर्को गोल थपेपछि टोटनह्यामले फेरी अग्रता लिदैं स्पष्ट तीन अंक जोड्यो । केनले एरिकसनले उपलब्ध गराईदिएको पासमा एकान्तमा रहेको अवस्थाबाट गोल गर्दै जितसम्म डोर्याए । बलमाथिको नियन्त्रण समेत झण्डै दोब्बर थियो । टोटनह्याम ६७—३३ (स्टोक सिटी) प्रतिशतको अवस्थामा रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here