स्याङजा(खेलाडी न्युज)- जिल्ला क्रिकेट संघ स्याङजाले क्लबस्तरीय छनोट प्रतियोगिताको लागि खेलाडीहरुलाई आफनो क्लब मार्फत खेलाडी दर्ताको लागि आह्वान गरेको छ । संघले अनलाईन मार्फत दर्ता गर्नसकिने जनाएको छ । यही चैत २८ गतेसम्म दर्ता गरिसक्नुपर्ने संघका अध्यक्ष दिवाकर थापाले बताएका छन् ।

यतिबेला कोरोना भाईरस(कोभिड–१९)को संक्रमणले सताएको छ । जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरका कुनैपनि खेलकुद गतिविधि गरिएको छैन् । राष्ट्रिय खेलकुद परिषदले पनि फागुनको अन्तिम साता नै सबै खाले खेलकुद गतिविधि नगर्न निर्देशन समेत गरिसकेको छ ।

‘हाम्रोमा विभिन्न १६ वटा क्लब दर्तामा छन् । ती क्लबहरुलाई खेलाडी दर्ताको लागि आह्वान गरिसकिएको छ । खेलाडीहरुले अनलाईन मार्फत दर्ता गर्न सक्ने छन् ।’ उनले खेलाडी न्युजसँग भने–‘दर्ता भएका खेलाडीहरुलाई नै क्लबस्तरीय छनोट प्रतिस्पर्धामा सहभागिता जनाउन पाउने छन् ।’ उनका अनुसार संघमा दर्ता भएका १६ क्लब मध्ये ८ वटा क्लबले खेलाडी दर्ता गरेर छनोटमा प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ ।

स्याङजाले क्रिकेट विकासको लागि वार्षिक क्यालेण्डर समेत तय गरिसकेको छ । यद्यपी कोरोनाको महामारी कै कारण आफनो वार्षिक क्यालेण्डरमा भने केही असर पर्ने देखिएको छ । जिल्ला छनोटपछि प्रदेश छनोटको लागि क्लब पोखरा आईपुग्ने छ । प्रदेशस्तरीय छनोट प्रतिस्पर्धाबाट गण्डकी प्रदेशको क्रिकेट टिम तयार गरिने छ । यता कास्की जिल्ला क्रिकेट संघले भने जिल्ला छनोटको लागि योजना सार्वजनिक गरिसकेको छैन् । क्लबस्तरीय छनोट प्रतियोगिता गर्नुपर्ने आवश्यकता छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here