Under Featured Image in News Page

पोखरा(खेलाडी न्युज)-पाँचौ सस्करणको शुभकामना कप नकाउट फुटबल प्रतियोगिताको उपाधि स्याङजा वालिङ युनाईटेडले जितेको छ । गौरीशंकर खेल मैदान हेमजामा शनिबार भएको फाईनलमा अमरसिंह ब्वाईज क्लबलाई ३—१ गोलले पराजित गर्दै उपाधि स्याङजा पु¥याएका हुन् ।

प्रतियोगितामा सहभागि दुई पाहुना टोली मध्ये स्याङजाले उपाधि रक्षा गर्न भने ए डिभिजनकै खेलाडीलाई मैदानमा उता¥यो । बाग्लुङ फुटबल संघ भने पहिलो चरणबाटै बाहिरिएको थियो । नगद दुई लाख २२ हजार २२२ रुपैयाँसहितको ट्रफी उचाल्न स्याङजाले अमरसिंह ब्वाईज भने निकै कठिनाई भने भोग्नुपरेन् । खेलको दोस्रो हाफमा अमरसिंह ब्वाईजले गोल गर्दै खेलमा फर्किने संकेत गरिरहँदा भने रेफ्रीले खेल टुंगिएको लामो सिठी केहीबेरमै फुकिदिदाँ उपाधि पोखरामै राख्ने सपना पुरा हुन सकेन् ।

लक्ष्मण रुचालकै नेतृत्वमा वालिङ नगरपालिकाले गत माघमा बाग्लुङमा आयोजित प्रदेशस्तरीय प्रथम मेयरकपको उपाधि पोखरा लेखनाथ महानगरपालिकालाई पराजित गर्दै उचालेको थियो । स्याङजाले वर्षको पहिलो उपाधि उचाल्ने क्रममा टिकराज गुरुङ, सन्जु राना र अजित मियाको गोल गरे ।

गुरुङले खेल शुरु भएको ३ मिनेटमा गोल गर्दै दिलाएको अग्रतालाई अमरसिंह ब्वाईजले पन्छाउन सकेन् । १७ औं मिनेटमा अर्को गोल खाएपछि अमरसिंह ब्वाईज केही मत्थर हुन पुग्यो । ५२ औं मिनेटमा पदम भट्टराईले अमरसिंहका लागि गोल फर्काउँदै दबाव कम गर्ने प्रयास गरे । तर ६९ औं मिनेटमा फेरी अर्को गोलको सामना गरेपछि अमरसिंह ब्वाईज ३—१ को पराजय स्वीकार्दै उपविजेतामा चिक्त बुझायो । नगद १ लाख ११ हजार १११ रुपैयाँसहितको ट्रफीमा अमरसिंह ब्वाईजलाई हस्तान्तरण गर्दै आयोजक हेमजा युनाईटेडले एकवर्षको लागि विश्राम लिदैं प्रतियोगितालाई विट मा¥यो ।

प्रतियोगितामा १६ क्लबको सहभागिता रहेको थियो । फाईनलमा स्याड्डजा वालिड्ड युनाईटेडका टिकराज गुरुङ म्यान अफ दि म्याच घोषित भए । आयोजक हेमजा–११ ‘ए’ अनुशाशित टिम घोषित भयो । नगद १० हजार पुरस्कार थाप्यो । सर्वोकृष्ट खेलाडी स्याड्डजा वालिड्डका कृष्ण कुँवर, उत्कृष्ट प्रशिक्षकमा स्याड्डजा वालिड्डका दिलिप थापा, उत्कृष्ट गोलकिपरमा स्याड्डजा वालिड्डका राजुबावु थापा, उत्कृष्ट डिफेन्डर स्याड्डजा वालिड्डका आशिष गुरुङ, उत्कृष्ट मिड फिल्डर अमरसिंह व्वाईज क्लबका मनोज गुरुङ, उत्कृष्ट स्ट्राइकरमा स्याड्डजा वालिड्डका लक्ष्मण रुचाल र सर्वाधिक गोलकर्तामा स्याड्डजा वालिड्डकै विश्वास श्रेष्ठ घोषित भए । सर्वोकृष्ट खेलाडीले सात हजार ट्रफी र अन्य विधागतलाई पाँच÷पाँच हजार र ट्रफी प्राप्त गरे ।

प्रदेश नं. ४ का प्रदेश प्रमुख बावुराम कुँवरले विजेता, उपविजेता खेलाडीहरुलाई नगद तथा ट्रफी प्रदान गरेका थिए । पुरस्कार वितरणपछि उनले खेलको स्तरवृद्धि गर्नका लागि प्रदेश सरकार लागेको बताएका छन् ।‘प्रदेश नं. ४ को निति तथा कार्यक्रमम प्रस्तुत हुदा पनि खेलकुद सम्वन्धि कुरा आएको छ’ उनले भने–‘ अन्तराष्ट्रियस्तरको एउटा रंगशाला बनाई तमाम खेलाडीलाई सहभागि गराएर खेलको स्तरवृद्धि गर्न प्रदेश सरकार लागेको छ।’

खेल क्षेत्रको विकासका लागि राष्ट्रिय स्तरबाटै वजेट छुट्टयाउ आवश्यक रहेको उनको भनाई थियो।
कार्यक्रममा पूर्व सांसद शारदा पौडेल, पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, पोखरा लेखनाथ–२५ हेमजाका अध्यक्ष शोभाकर तिमिल्सिना, पूर्व गाविस अध्यक्ष रामचन्द्र त्रिपाठीले बोलेका थिए। कार्यक्रममा प्रतियोगितालाई सहयोग गर्ने विभिन्न संघ संस्था तथा व्यक्तिलाई सम्मान गरिएको हेमजा युनाईटेडका कोषाध्यक्ष इन्द्रबहादुर कुँवरले जानकारी दिए ।

यसैगरी प्रदेश प्रमुख कुँवरलाई कुँवर समाज हेमजाले सम्मान गरेको छ । प्रतियोगिताको समापन कार्यक्रममा सहभागि हुन आएका कुँवरलाई यहाँको कुँवर समाजले सम्मान गरेको थियो। त्यस अवसरमा डबलबहादुर कुँवर, वलबहादुर कुँवर, विशालजंग कुँवर र ओमबहादुर कुँवरले यहाँको वारेमा जानकारी गराएका थिए ।

सर्वोत्कृष्ठ खेलाडी—कृष्ण कुँवर (स्याङजा वालिङ युनाईटेड)
उत्कृष्ठ गोलकिपर—राजुबावु थापा (स्याङजा वालिङ युनाईटेड)
उत्कृष्ठ डिफेण्डर— आशिष गुरुङ (स्याङजा वालिङ युनाईटेड)
उत्कृष्ठ मिडफिल्डर— मनोज गुरुङ (अमरसिंह ब्वाईज क्लब)
उत्कृष्ठ स्ट्राईकर—लक्ष्मण रुचाल (स्याङजा वालिङ युनाईटेड)
सर्वाधिक गोलकर्ता— विश्वास श्रेष्ठ (स्याङजा वालिङ युनाईटेड)
उत्कृष्ठ प्रशिक्षक— दिलिप थापा (स्याङजा वालिङ युनाईटेड)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here