पोखरा(खेलाडी न्युज)-उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको “१२ औं हिसान कास्की स्पोर्ट्स मिट–२०७५” अन्र्तगत टेबुल टेनिस तर्फ छात्रा सिंगलसमा पोखरा उच्च माबीकी सबिता गौतमले प्रथम स्थान हासिल गरिन । दोश्रो र तेश्रो स्थानमा क्रमश सगरमाथाकी अपेक्षा थापा, सृजनाकी कल्पना थापा र प्रतिभा माबीकी रोशनी कुंवर भएका छन । छात्र सिगल्समा वेलनन माबीका नविन गुरुङ प्रथम, सगरमाथाका प्रज्वल केसि द्वितिय, स्टेप बाई स्टेपका एलिश ढकाल र सोही विद्यालयका प्रताप खड्कालो तृतिय स्थान हासिल गरेका छन ।

छात्रा टेबुल टेनिस डबल्समा पोखरा उच्च माबीका सरिता गौतम र सदिक्षा राणाको जोडी प्रथम, प्रतिभाका रोशनी कुवर र सविना क्षेत्रीको जोडी द्वितिय र सृजना माबीका कल्पना थापा र नम्रताको जोडी चालिसे तथा स्टेप वाई स्टेपका जिना परियार र शिम्रन बिकको जोडीले तेश्रो स्थान हात पारे । छात्र डवल्समा वेलननका नविन गुरुङ र राहुल सुनारको जोडी प्रथम भएको छ । खेलमा पश्चिमाञ्चलका धन थापा र कबिर श्रेष्ठको जोडी द्वितिय र पोखरा यूनाइटेडका विमल मरहट्टा र कबिर मरहट्टा तथा ग्लोवल कलेजियटका अमृत पून र शुसान पूनको जोडीले तृतिय स्थान हात पारे ।

शनिबार सम्पन्न छात्र भलिबलतर्फ स्पाइरल ग्यालेक्सी, मेरिगोल्ड माबी, पोखरा मल्टिमोडल, र पोखरा माबीले आ–आफ्नो खेल जित्दै सेमिफाइनलमा प्रवेश गरेका छन । खेलमा स्पाइरलले न्यू ग्यालेक्सीलाई २५–१८ र २५–२० को अंकले, मेरीगोल्डले मदरल्याण्डलाई २५–१७ र २५–२० ले पोखरा मल्टी मोडलले प्रतिभा माबीलाई २५–१५ र २५ –१७ ले र पोखरा माबीले केफलाई २५–२७, २५–१६ र २५–२३ ले पाखा लगायो ।

छात्र बास्केटबलमा पोखरा उच्च माबीले कास्की मोर्डनाइज्डलाई ४८–२० ले, प्रतिभाले ग्लोबललाई ३७–२३ ले पराजित गरेको छ । यसै गरि छात्रा तर्फको क्वाटर फाइनलमा माउन्ट अन्नपूर्णले प्रतिभालाई २५–११ ले, लिटिल स्टेपले गुरुकुललाई पराजित गरेका छन । शनिवारनै सम्पन्न पहिलो सेमिफाइनलमा माउन्ट अन्नपूर्णले लिटिल स्टेपलाई २५–९ ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here