पोखरा,(खेलाडी न्युजं)- हेमजा ११ हेमजामा आयोजित शुभकामना कप नकाउट फुटबलको सेमिफाईनल प्रवेश गर्दा अमरसिंह ब्वाईजले पनि सेमिफाईनलको ढोका खोल्यो । सहारा क्लब भने प्रतियोगिताको क्र्वाटरफाईनलबाट बाहिरिने अभागी टोली बन्न पुग्यो ।

हेमजा युनाईटेडद्वारा आयोजित प्रतियोगिताको बुधबार भएको प्रतिस्पर्धामा आयोजक हेमजा ११ ले इन्द्रेणी एकिकृत विकास केन्द्रलाई ३—२ गोलले पराजित गर्दै अन्तिम चार पक्का गरेको हो । १८ औं मिनेटमा लिएको अग्रतालाई ईन्द्रेणीले ६४ औं मिनेटमा बराबरी गोल फर्कायो । १८ औं मिनेटमा हेमजा ११ का लागि समीर कार्कीले गोल गर्दै दिलाएको अग्रतालाई ईन्द्रेणीका रोहन लामाले बराबरी गोल फर्काउँदै खेल प्रतिस्पर्धात्मक बनाए ।

६९ औं मिनेटमा कार्कीले हेमजा ११ का लागि व्यक्तिगत दोस्रो गोल गरे । फेरी लामाले अर्को गोल थप्दै खेललाई अतिरिक्त समय तर्फ उन्मुख गराउने प्रयास गरे । रेफ्रीले खेल सकिन लामो सिठी फुक्नु अघि मात्रै जीवन गुरुङले गोल गर्दै हेमजालाई अन्तिम चारमा प्रवेश गराउँदा ईन्द्रेणी भने प्रतियोगिताबाट बाहिरिन पुग्यो । कार्की म्यान अफ दि म्याच घोषित भए ।

सहारा क्लबलाई २—० गोलले पराजित पराजित गर्दै अमरसिंह ब्वाईज क्लब शुभकामना कपको सेमिफाईनल प्रवेश ग¥यो । पहिलो गोल सहाराले पेनाल्टी मार्फत खान पुग्यो । सन्दीप श्रेष्ठको पेनाल्टी क्षेत्रमा ह्याण्ड भएपछि पाएको पेनाल्टीलाई अनिष तामाङले सदुपयोग गर्दै अमरसिंहलाई अग्रता दिलाए । सागर प्रधानले खेलको इन्जुरी समयमा गोल गर्दै सहारामाथि दोब्बर अग्रतासँगै जित निकाल्दै अन्तिम चार सुरक्षित बनाउन पुग्यो । अमरसिंह व्याईज क्लबका गोल किपर हिमाल गुरुङ म्यान अफ दि म्याच घोषित भए ।

यसैगरी अविरल वर्षाका कारण मंगलवार स्थगित भएको खेलमा एलजी एशोसिएसनले नव आदर्श सामुदायिक विकासकेन्द्रलाई ५–४ गोल अन्तरले पराजित गरेको छ । खेलमा एलजी एशोसियसनका सञ्जय बुढाथोकीले दुई, विश्व गुरुङ, सूर्यमान मगर र सिंन्केमान तामाङले एक÷एक गोल गरेका थिए। आदर्श सामुदायिकका मिलन गुरुङले ह्याट्रिक गरे भने सुविन गुरुङले एक गोल गरे । एल जी एशोसियसनका गोविन्द थापा म्यान अफ दि म्याच घोषित भए।

file pic…

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here