Under Featured Image in News Page

पोखरा(खेलाडी न्युज)-कास्कीका राजेन्द्र तामाङले पुरुष तर्फको हाफ म्याराथनमा स्वर्ण पदक जितेका छन् । गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिता अन्तर्गत तामाङले १ घण्टा २१ मिनेट ०६ सेकेण्डमा पार गर्दै स्वर्ण पदक जितेका हुन् । त्यसैगरी म्याग्दीका सन्तोष खत्रीले १ घण्टा २१ मिनेट ५६ सेकेण्डमा पुरा गर्दै रजत र बागलुङका मनबहादुर बुढाले १ घण्टा २२ मिनेट ३५ सेकेण्डको समय लगाउँदै कास्य पदकमा चित्त बुझाएका छन् ।

यसैगरी महिला तर्फको हाफ म्याराथनको स्वर्ण भने नवलपुरकी डोलमाया महतोले जितिन् । उनले निर्धारित दुरीलाई १ घण्टा ४८ मिनेट २३ सेकेण्डमा पुरा गरिन् । त्यसैगरी म्याग्दीकी सोनिया बरुवालले १ घण्टा ५० मिनेट २८ सेकेण्डमा दौड पुरा गर्दै रजत पदक र कास्कीकी ओममाया फगामीले १ घण्टा ५५ मिनेट ३० सेकेण्डमा पुरा गर्दै कास्य पदक जितेकी छिन् ।

यसैगरी पुरुष ४ गुण चारसय मिटर रिलेको स्वर्ण नवलपुरले जित्यो । ३ मिनेट ५६.४५ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जित्यो । कास्कीले ३ मिनेट ५८.५८ सेकेण्डमा पुरा गर्दै रजत र ४ मिनेट ०२.३ सेकेण्डमा पुरा गर्दै म्याग्दीले कास्य पदकमा चित्त बुझाएको छ । महिला तर्फको प्रतिस्पर्धामा स्याङजाले स्वर्ण जित्ने क्रममा ५ मिनेट ०५.९ सेकेण्डको समय लगाएको थियो । कास्कीले ५ मिनेट १५.७ सेकेण्डमा पुरा गर्दै रजत र म्याग्दीले ५ मिनेट ४६.६ सेकेण्डमा पुरा गर्दै कास्य पदक जित्यो ।

पुरुष ह्याण्डबल तर्फ कास्कीले स्वर्ण पदक जितेको छ । बाग्लुङ दोस्रो र नवलपुर तेस्रो स्थानमा रहेको छ । क्रिकेट छनोट तर्फ कास्कीले लमजुङलाई १० विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको छ । कास्कीले लमजुङले दिएको ४५ रनको लक्ष्यलाई कास्कीले विना विकेटको क्षतिमा १.५ ओभरमा पुरा गरेको थियो । बाग्लुङले गोरखालाई ६ विकेटले पराजित गरेको छ ।

सोमबारै आईटिएफ(इन्टरनेशनल तेक्वान्दो फेडेरेशन) अन्तर्गतका खेलहरु सकिएको प्रतियोगिताका संयोजक दिपकबहादुर गोदारले जानकारी गराए । आईटिएफ तेक्वान्दोमा बाग्लुङले विभिन्न तौल समूहमा महिला र पुरुष गरी १५ स्वर्ण पदक जितेको छ । नवलपुरले चार र कास्कीले ३ स्वर्ण पदक जितेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here