Under Featured Image in News Page

पोखरा,(खेलाडी न्युज)-१३ औं संस्करणको दक्षिण एशियाली खेलकुद(साग) अन्तरगत ह्याण्डबल खेल शुरु भएको छ । आयोजक राष्ट्र नेपालले महिला ह्याण्डबलमा सुखद शुरुवात गरेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको महिल ाह्याण्डबल उद्घाटन खेलमा घरेलु नेपालले श्रीलंकामाथि २९–१९ गोलले पराजित गर्दै सुखद् शुरुवात गरेको हो ।
नेपालको तर्फबाट सर्वाधिक उमा राईले ८ गोल गरिन् । उमाले सबै गोल पेनाल्टीबाट गरेकीहुन् । त्यसपछिकविता राईले ६ गोल गर्दै उत्कृष्ट प्रदर्शन गरिन् । नेपालको निषा राई र कल्पना वलीले समान ४ गोलको योगदानगरिन् । कप्तान रञ्जना राई र दुर्गा बोहराले समान २ गोल गरे । बन्दना राई, शान्तिकला राई र रामकुमारी चौधरीले समान १ गोलको योगदान दिए ।

उता, श्रीलंकाको तर्फबाट भने रुवानीडीले सर्वाधिक ७ गोल गरिन् । त्यसपछि, नाडे र सासले समान ३ गोलको योगदानदिए । हार्सिकाउदय र दिलुक्सीएमले समान २ गोल गरे । उमासिका र चानिकले समान १ गोलको योगदान दिए ।
विजेता नेपालको तर्फबाट निषा राईले टोलीका लागि गोलको खाता खोलेकी थिइन् । त्यसपछि कविता राईले टोलीलाई अग्रता दिलाए । श्रीलंकाको तर्फबाटभने जयासिंघे अराच्चिगेले गोलको खाता खोलेकी थिइन् । लोकुरु वाडुभिडानालागे नाडेले दोस्रो गोल गरेकीथिइन् ।

घरेलु कोर्टको फाइदा उठाउदै घरेलु नेपाली टोलीले श्रीलंकनलाई खेल अवधिभर पूरै दवावमा राख्न सफल रह्यो । तुलनात्मक रुपमा नेपाली खेलाडी भन्दा श्रीलंकन खेलाडीहरुलाई उचाईमा साथदिएपनि नेपाली खेलाडीहरुको तिब्र गतिको खेलले सफलता हात लागेको प्रशिक्षक कृष्ण शाक्यले प्रतिक्रिया दिए । टोलीले बनाएको रणनीतिक योजना अनुसार खेलाडीले खेलेका कारण जित निस्किएको बताए ।

श्रीलंकन प्रशिक्षक नेनान्दले नेपाली टोलीलाई बधाई दिए । उनले नेपाली महिला ह्याण्डबल टोलीको खुलेरै प्रशंसा गरे । नेपाल जितको हकदार रहेको उनको प्रतिक्रियाथियो । नेपालको निषा राई र उमा राईलार्इ रेफ्रीले पहेंलो कार्ड दिए । श्रीलंकाको मुख्यप्रशिक्षक समेत रहेका नेनान्द सहित हार्सिका उदयलाई पहेंलो कार्ड पाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here