अफगानको चौथो विकेटको रुपमा नावी आउट

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन २६ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)—अफगानिस्तानका महत्वपूर्ण व्याट्सम्यान मोहम्मद नावी ३४ रनमा आउट भएका छन् । उनलाई दिपेन्द्रसिंह ऐरीले ज्ञानेन्द्र मल्लको हातबाट क्याच आउट गराए । उनले ३२ बल खेलेका थिए । उनी अफगानिस्तानका निकै भरपर्दा व्याट्सम्यान हुन् । ऐरीले दुई विकेट लिईसके । दिपेन्द्रसिंह ऐरीले अर्धशतक पुरा गर्न चार रन बाँकी रहदाँ रहमत शाको विकेट लिएका छन् । उनले ७५ बल खेल्दै ४६ रन बनाएका थिए ।

१९५ रनको लक्ष्य पछ्याईरहेको अफगानिस्तानले दोस्रो विकेट गुमाएको छ । पहिलो विकेटको रुपमा आफना कप्तान रसिद खानलाई गुमाएको थियो । उनी करण केसीको बलमा आउट भएका थिए । उनले २१ रन बनाए । केसीले तेस्रो अ‍ोभर बलिङ गर्ने क्रममा एकबल डट खेलेपछि दोस्रो बलमा खान आउट भए । दोस्रो विकेट भने सन्दीप लामिछानेले लिए । जावेद अहमेदीलाई क्याच आउट गरे । जावेद ५४ बल खेल्दै २६ रन जोडेका थिए ।