अष्ट्रेलिया ३६ रनले पराजित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ २७ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज) -एकदिवसिय विश्वकप क्रिकेट अन्तर्गत भारतले अष्ट्रेलियालाई ३ट रनले पराजित गरेको छ । ओपनर शिखर धवनले शातकीय पारीको इनिंग्स खेल्दै महत्वपूर्ण खेलमा अष्ट्ेरलियामाथि ३६ रनको रोमाञ्चक जित निकालेको छ । रोहित शर्मासँग उत्कृष्ठ साझेदारी गर्ने क्रममा धवनले ११७ रन बनाउँदै भारतलाई बलियो बनाए । एकै खेलमा सर्वाधिक चौका हान्ने क्रममा १०९ बल खेल्दै धवनले १६ चौका प्रहार गरेका थिए । शर्माले ५७ रनको अर्धशतकीय पारी खेले ।

तेस्रो नम्बरमा व्याटिंगमा आएका कप्तान विराट कोहलीले पनि ठोस इनिंग्स खेल्ने क्रममा ८७ रन बनाए । उनको कप्तानी पारी खेलेपछि भारत विशाल लक्ष्य तर्फ उन्मुख भएको थियो । हार्दिक पाण्ड्या पनि दुई रनले अर्धशतक पुरा गर्नबाट चुके । भारतले ५ विकेटको क्षतिमा ३५२ रनको विशाल लक्ष्य अष्ट्रेलियासामु प्रस्तुत गर्यो ।

अष्ट्रेलियाले पनि स्टेफन स्मिथले ६९ रनको योगदान दिदैं लक्ष्य पछ्याउने प्रेरित गरे । ओपनर डेविड वार्नरले पनि अर्धशतकीय पारी खेल्दै ५६ रन बनाई पभेलियन फर्किए । पहिलो विकेटको रुपमा आरोन फिन्च आउट भएपछि अष्ट्रेलियालाई सकस पर्यो । खवाजाले पनि ४२ रन बनाउँदा विकेट किपर क्यारेले ५२ रन नटआउट हिर्काएपनि जितसम्म डोर्याउन सकेन् । अष्ट्रेलिया ३१६ रनमै अलआउट हुन पुग्यो ।