उषालाई साईक्लिंगमा रजत, हिक्मतले जिते कास्य

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख २ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)- आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत नेपालगन्जमा आज भएको साईक्लिंग तर्फको प्रतिस्पर्धामा गण्डकी प्रदेशले एक रजत र एक कास्य पदक जितेको छ ।

महिला तर्फको प्रतिस्पर्धामा गण्डकी प्रदेशकी उषा खनालले रजत पदक दिलाएको साईक्लिंग संघ कास्कीका अध्यक्ष शंकर भण्डारीले जानकारी दिए । ३० किलोमिटर दुरीलाई उनले १ घण्टा ३३ मिनेट ३८ सेकेण्डको समयमा पुरा गर्दै रजत पदक जितिन ।

प्रदेश नं ३ की लक्ष्मी मगरले स्वर्ण पदक जित्न सफल भईन् । उनले १ घण्टा २० मिनेट ५२ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जितेकी हुन् । पुरुष तर्फ गण्डकी प्रदेशका हिक्मत विकले कास्य पदक जितेका हुन् । स्वर्ण र रजत पदक नेपाली सेनाले जितेका छन् ।