एशियाकप क्वालिफाइंग, नेपाल ओमानसँग पराजित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र १३ गते २०७५ मा प्रकाशित


asiacup qulaifing

काठमाडौं । भारतसँग एशिया कप खेल्ने लक्ष्य साँचेको नेपाली क्रिकेट टोली बुधबार पहिलो खेल ओमानसँग नतमष्तक बन्न पुगेको छ । झिनो लक्ष्यस्कोर दिएको नेपाल ओमानसँग ७ विकेटले पराजित भएपछि एशियाकप खेल्ने सपनालाई केही जटिलता हुन पुगेको छ । एशियाकपको क्लालिफायरमा २२२ रनको लक्ष्यलाई ओमानले ३ विकेटको क्षतिमा पुरा गरेपछि नेपाली टोली दबावमा परेको छ ।

नेपाली टोलीको व्याटिंग र बलिंग दुवै कमजोर रह्यो । त्यति मात्रै नभई फिल्डिंगमा पनि खराब प्रदर्शन रहेपछि नेपाली टोलीले हार स्वीकार्नुको अर्को विकल्प भएन् । बुधबार मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा नेपालले टस हार्यो । व्याटिंगमा उत्रियो । नेपालको ब्याटिङ सुरुवात सामान्य नै रह्यो ।

नेपालले ३१ रन जोड्दा पहिलो विकेटको रुपमा सुवास खकुरेल आउट भए । उनले व्यक्तिगत ४ रनमात्रै जोडेका थिए । त्यसपछि ५६ रन जोड्दा दोस्रो विकेटको रुपमा कप्तान पारस खड्का व्यक्तिगत ८ रनमा आउट भए । चौथो नम्बरमा ब्याटिङ गर्न आएका सागर पुनले ८३, ओपनर ज्ञानेन्द्र मलले ४५ र आरिफ सेखले ३६ रन जोडेपछि नेपालले २ सय २१ रनको मध्यम योगफल बनाएको थियो ।

नेपालले दिएको २२२ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको ओमनले २ ओभर बाँकी छदै ७ विकेटको क्षतिमा जित हासिल गर्‍यो । बुधबारको खेलमा नेपाली बलरले ओमनको विकेट लिन सकेनन् । यद्यपी कप्तान पारसले भने १ विकेट लिए ।

नेपालले प्रतियोगिताको दोस्रो खेलमा भोलि बिहीबार युएईको सामना गर्दैछ । त्यस्तै, सेप्टेम्बर १ तारेखमा नेपालले आयोजक मलेसियाको सामना गर्दैछ । सेप्टेम्बर २ तारेखमा सिंगापुरसँग प्रतिस्पर्धा गर्ने नेपालले लिग चरणको अन्तिम खेलमा हङकङसँग सेप्टेम्बर ४ मा प्रतिस्पर्धा गर्दैछ । फोटो- रमन सिवाकोटी