एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     श्रावण ११ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)- एक महिनापछि मलेसियामा एशिया कप क्रिकेट छनोट प्रतियोगिता हुदैं छ । भर्खरै मात्रै एकदिवसीय खेल खेल्न बेलायत पुगेको नेपाली टोलीले एशियन छनोटको उदघाटन खेल ओमानसँगै खेल्दै शुरु गर्ने छ ।

एमसिसी र नेदरल्याण्ड्ससँग एकदिवसीय खेल खेल्न लर्डस पगेको टोलीले एकदिवसीय खेल खेल्दै छ । एशियन क्रिकेट काउन्सिल एसीसीले शुक्रबार सार्वजनिक खेल तालिमका अनुसार नेपालले पहिलो खेल ओमानसँग खेल्ने जनाइएको छ । नेपाल र ओमान बीचको खेल भदौ १३ खेल मेलेसियाको बायुमास ओभलमा खेल हुने तय गरिएको छ ।

नेपालले दोस्रो खेल संयुक्त अरब इमिरेटस(युएईं) सँग खेल्ने छ । नेपाली टिमले आराम पाउने छैन् । १४ भदौमा दोस्रो खेल किनरारा ओभलमा खेल्ने छ । आयोजक मलेसियासँग नेपालले तेस्रो खेल भदौ १६ गते खेल्ने तालिका सार्वजनिक भएको छ । बायुमासमा खेल्ने छ । भदौ १७ गते सिंगापुर र भदौ १९ गते हङकङसँग खेल्ने छ । सिंगापुरसँग युकेएम ओभलमा खेल्ने तय भएको छ। नेपालले भदौ १९ गते समूह चरणको अन्तिम खेल खेल्ने छ ।

भदौ २१ सम्म चल्ने प्रतियोगिता राउण्ड रोबिनको आधारमा हुनेछ। शीर्ष दुई टोलीले फाइनलमा खेल्ने छन्। छनोटको बिजेताले युएईमा हुने एसिया कपमा सहभागिता जनाउने छन् । एकदिवसीय फर्म्याटको एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान जस्ता टेष्ट राष्ट्रको सहभागिता रहनेछ।

मलेसियामा हुने छनोटको बिजेता सेम्टेम्बर १३ देखि २८ तारिखसम्म हुने एसिया कपको समूह ए भारत र पाकिस्तानसँग खेल्न पाउने छ। नेपालको लागि यो छनोट प्रतियोगिता नै महत्वपूर्ण रुपमा रहेको छ । छनोटले नेपाली क्रिकेट इतिहासमा नयाँ आयाम थपिने छ ।