ओमानसँगको हारले नेपाललाई युएईमाथि जित्नै पर्ने दबाव

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २८ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)—विश्व विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत आज नेपालले संयुक्त अरब ईमिरेट्स(युएई)सँग प्रतिस्पर्धा गर्दै छ । नेपालले गत वर्ष अबुधावीमा सम्पन्न आईसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा युएईसँग हारको बदला लिने अवसर पाएको छ । अबुधामीमा भएको पहिलो खेलमा ६३ रनले पराजित भएको नेपाल दोस्रो खेलमा ७ विकेटले पराजित भएको थियो ।

हारको पीडालाई विर्सदैं नेपालले आज युएईसँग डिभिजन टुमै प्रतिस्पर्धा गर्दै छ । नामिवियामा भईरहेको खेलमा नेपालले तेस्रो खेल खेल्दै छ । डिभिजन टुको पहिलो खेल नामिवियालाई एक विकेटले जित्दै सुखद नतिजा आत्मसात गरेपनि दोस्रो खेलमा ओमानसित भने छ विकेटले पराजित हुन पुग्यो । अंक तालिकामा तेस्रो स्थानमा रहेको नेपालले आज युएईलाई पराजित गर्न सके डिभिजन १ मा उक्लिन सक्ने सम्भावना प्रवल छ ।

नेपालले युएईलाई टी—२० बल्र्डकप क्वालिफार्यस २०१३ मा पराजित गरेको थियो । तेस्रो स्थानको लागि भएको प्ले अफमा नेपालले बसन्त रेग्मीको चार विकेट लिदैं १३१ रनमै समेटेको थियो । नेपालले लक्ष्य पाँच विकेटको क्षतिमा पुरा गर्दै जितेको थियो । शरष भेषवाकरले ४३ रन हिर्काएका थिए । अहिले पनि शरदकै व्याटबाट मात्रै केही रन जोडिदैं आएको छ । ओपन ज्ञानेन्द्र मल्ल र दिपेन्द्रसिंह ऐरी तथा पारस खड्का पनि अघिल्लो दुई खेलमा सस्तैमा आउट भएपनि आज आईतबार खेल भने उत्कृष्ठ प्रदर्शन गर्नुको विकल्प भने छैन् ।

नेपाल भने एसिसी टी—२० ट्रफीमा २०११ भने युएईसँग पराजित भएको छ । युएईसँगको प्रतिस्पर्धामा ९६ रनमै समेटिएको नेपाल छ विकेटले पराजित भएको थियो । तर त्यसको दुई वर्षपछि २०१३ मा आयोजित एसिसी टी—२० ट्रफीको सेमिफाईनलमा भने युएईलाई नै छ विकेटले पराजित गर्दै फाईनलमा प्रवेश गरेको थियो । त्यतिबेला प्रदीप ऐरीले ५८ रनको योगदान दिएपछि युएईले दिएको १३३ रनको लक्ष्यलाई ४ विकेटको क्षतिमा पुरा गरेको थियो । नेपाली क्रिकेट टोलीमा उही पुरानै अनुहार छन् । त्यसो त नियमित रुपमा प्रतियोगिता र प्रशिक्षण समेत हुदैन् । नेपाल क्रिकेट संघ(क्यान)को विवादले पनि नेपाल क्रिकेट माथि उठ्न नसकेको खेलकुदप्रेमीको ठम्याई छ ।