किरण खड्का स्मृति सेभेन ए साईड फुटबलमा एलजी एशोसियसन सेमिफाईनलमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज ११ गते २०७५ मा प्रकाशित


पोखरा (खेलाडी न्युज)-आदर्श युवा क्लब भण्डारढीक दोस्रो किरण खड्का स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिताबाट बाहिरिदाँ एलजी एशोसियनले भने सेमिफाईनल सुरक्षित बनाएको छ । एलजीले आदर्शको चुनौतिलाई २–० गोलले पन्छाउँदै अन्तिम चारमा प्रवेश गर्यो । रमेश मगर र सूर्यमान मगरले १–१ गोल गर्दै उपाधि तर्फ उन्मुख गराए ।

शितल ज्योती यूवा क्लबद्वारा पोखराको अमरसिंह चौरमा आयोजित फुटबल प्रतियोगिताको एलजीले माछापुच्छ«े (एम) १२ संँग र तारा एफसीले विष्णुपादुका संग भेट पक्का गरेका छन । माछापुच्छ«े (एम) १२ ले संगम एफसीलाई ३–० गोलले पाखा लगाउँदै सेमीफाइनल प्रवेश गरेको छ । एम १२ का सुनिल घोतानेले २ र अविनाश तामाङले टिमका लागि १ गोल गरे । क्वाटरफाइनलमा तारा एफसीले रञ्जन मेमोरियललाई २–० गोलले पराजित ग¥यो । ताराका लागि सुनिल बिक र बिनोद गुरुङले समान १–१ गोल गरे ।

विष्णुपादुकाले दोब्रे एफसीलाई ४–० गोलले पराजित गरेको छ । टिमलाई सेमीफाइनलमा पु¥याउन समिर कार्कीले ह्याट्रिक पुरा गरे भने अजय श्रेष्ठले एक गोल गरे । प्रतियोगितामा शुक्रबार सेमीफाइनलका खेलहरु हुने अध्यक्ष सन्तोष गुरुङले बताएका छन । “समाज निमार्णमा आजका युवा र खेलकुद” भन्ने उद्घोषका साथ असौज १२ गतेसम्म संचालन भइरहेको प्रतियोगितामा बिजेतालाई १ लाख ५० हजार, उपविजेतालाई ८० हजार साथमा शिल्ड, मेडल र प्रमाण–पत्र पाउनेछन ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीलाइ माउण्टेन वाईक प्रदान गरिने छ भने प्रतियोगितामा उत्कृष्ट स्टाईकर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट गोलकर्ता, उत्कृष्ट गोलरक्षकलाई जनही ५÷५ हजारको साथमा ट्रफी मेडल प्रदान गरिने छ ।त्यसै गरी प्रतियोगितामा उत्कृष्ट प्रशिक्षकलाई ट्रफी र प्रमाणपत्र वितरण गरिने छ । सेमिफाईनलमा पराजित टिमले समेत जनही १०÷१० हजार प्रदान गरिने भएको सचिव पुर्ण गुरुङले बताए ।