गण्डकी प्रदेश -उसु, बक्सिङ, क्रिकेट, सेपाकताक्रो र टेवलटेनिसका खेलाडी छनोट

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन १८ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेशबाट विभिन्न खेलहरु छनोट गरिएको छ । सम्भवत चैतको अन्तिम सातादेखि नेपालगन्जमा आयोजना हुने प्रतियोगिताको लागि गण्डकी प्रदेशबाट बक्सिङ, क्रिकेट, सेपाक ताक्रो, उसु लगायतका खेलहरुको छनोट गरिएको छ ।

बक्सिङ-गण्डकी प्रदेश बक्सिङमा लाईन फ्लाई वेट(४९ केजी)मा कास्कीका कृष्णजंग कार्कीले स्वर्ण जितेका छन् । फ्लाई वेट(५२ केजींमा नवलपुरका अमिर गुरुङले स्वर्ण पदक जिते । बागलुङका सुशिल क्षेत्रीले रजत र कास्कीका विष्णु गौतमले कास्य पदक जितेका छन् । बेष्टम वेट(५६ केजी) तौल समूहको प्रतिस्पर्धामा कासकीका जिनेश गुरुङले स्वर्ण पदक जिते । त्यसैगरी लाईट वेट(६० केजी) तौलमा कास्कीका दिनेश बानियाँले स्वर्ण, नवलपुरका छविराज बोहोराले रजत र बागलुङका दुधप्रसाद परियारले कास्य पदक जिते ।

लाईट वेल्टर वेट(६४ केजी)मा कास्कीका सुशन चोचाङ्गी मगरले स्वर्ण पदक जिते । त्यसैगरी वेल्टर वेट(६९ केजी)मा नवलपुरका सविन गुरुङले स्वर्ण पदक जित्दै आठौको लागि छनोट भएका छन् । मिडल वेट(७५ केजी)मा कास्कीका युवराज श्रेष्ठले स्वर्ण जित्दा हेभीवेट(९१ केजी)मा कास्कीका सन्जिब श्रेष्ठले स्वर्ण, नवलपुरका सान्तकुमार गुरुङले रजत र बागलुङका मुन्ना गुरुङले कास्य पदक जिते । सुपर हेभीवेटमा भने कास्कीका कुशल रानामगरले स्वर्ण पदक जितेका छन् । महिला तर्फको प्रतिस्पर्धामा कास्कीकी आकृति गुरुङ(लाईटवेट ४८ केजी) स्वर्ण, कास्कीकै मिना घले(फ्लाई वेट ५१केजी)मा स्वर्ण, कास्कीकै मेरिना गुरुङ(फेदरवेट ५७ केजी) स्वर्ण, कास्कीकी अस्मिता बस्नेत(लाईट वेट ६० केजी) र कास्कीकै प्रियंका बर्मा लाईट वेल्टर ६४ केजी तौलमा स्वर्ण पदक जित्दै छनोट भएकी हुन् ।

उसु-उसु तर्फ भने २२ जना खेलाडी छनोट भएका छन् । छाङछ्वान पुरुष तर्फ कास्कीका आयुष गुरुङ, महिला तर्फ बागलुङकी सोनम खत्री चयन भएका हुन् । त्यसैगरी नान छ्वान तथा नानकुन पुरुष तर्फ बागलुङका लेलिन रानामगर, महिला तर्फ पनि बागलुङकै काजल विक रहेकी छिन् । थायचीछ्वान तथा थायचीचेन पुरुष तर्फ बागलुङका गोविन्द थापामगर तथा महिला तर्फ बागलुङकै दिपशिखा किसान रहेकी छिन् ।

ताव सु तथा कुनसु तर्फको इभेण्टमा पुरुष तर्फ बागलुङका शौरभ किसान छजोट भएका हुन् । चियन सु तथा छियाङ सु महिला तर्फ बागलुङकी समीक्षा पाईजा रहेकी छिन् । सोही इभेण्ट अन्तर्गत तौल समूहको प्रतिस्पर्धामा ५२ केजीमा पुरुष तर्फ नवलपुरका अनिलकुमार चौधरी, ५६ केजीमा बागलुङका उत्तम अर्मजा, ६० केजी तौलमा म्याग्दीका सुशिलकुमार श्रेष्ठ, ६५ केजीमा कास्कीका दिनेश श्रेष्ठ, ७० केजीमा बागलुङका योगेन्द्र थापा, ७५ केजीमा बागलुङका किरन घर्तीमगर, ८० केजी तौलमा बागलुङका अनुप खड्का रहेका छन् । ८५ केजीतौल पुरुषमा भने कास्कीका सुरेश नेपाली छनोट भएका छन् ।

त्यसैगरी महिला तर्फ भने ५२ केजीमा तनहुँकी दिलमाया राना, ५६ केजी तौलमा बागलुङकी रेखा बोहोरा, ६० केजी तौलमा तनहुँकी विनुमाया राना, ६५ केजीमा कास्कीकी अञ्जना कार्की, ७० केजी तौलमा कास्कीकी रुपा पाईजा, ७५ केजीमा कास्कीकी अनिशा आले मगर रहेकी छिन् ।

सेपाक ताक्रो-सेपाक ताक्रो महिला तर्फ भने कास्कीकी लिजा गुरुङ, कास्कीकी नमूना पुलामी मगर, नवलपुरकी अन्जु चौधरी, नवलपुरकै निरु थापा र नवलपुरकै बेनिका ठाडामगर रहेकी छिन् । बैकल्पिक खेलाडीमा नवलपुरकै ओमकुमारी थापा र आयुषा थापा छन् । पुरुष तर्फ भने कास्कीका पवन गुरुङ, नवलपुरका नरबहादुर कानुङ मगर, नवलपुरकै विजय महतो, विपिन थनेत र कास्कीका विनय सिंजाली मगर रहेका छन् । बैकल्पिक खेलाडीमा कास्कीका तुलबहादुर गुरुङ र युवराज थापा मगर रहेका छन् ।

क्रिकेट- क्रिकेट पुरुष तर्फ १८ जना खेलाडी छनोट गरिएको छ । कास्कीका विपिन खत्री, अनिल गुरुङ, सुमन घिमिरे, सन्तोष न्यौपाने, मेखबहादुर सेन थापा, गोविन्द प्रधान, अमृत गुरुङ र विधान श्रेष्ठ छन् भने नवलपुरका किशोर महतो, आकाश थापा, मन्जिल न्यौपाने, राहुल शर्मा छन् । तनहुँका राजु गुरुङ र बागलुङका रमेश बस्नेत चयन भएका छन् । नवलपुर विशाल पौडेल, नवलपुरकै राजेश लम्साल र पवन थापा तथा तनहुँका शुशिल गिरी रहेका छन् ।

महिला तर्फ भने २० खेलाडी चयन गरेका छन् । कास्कीका धन छन्त्याल, सृष्टि पौडेल, नमूना कार्की, सरु राजभण्डारी, प्रतिमा बानियाँ,प्रमिला बानियाँ, शुशिला गुरुङ, गंगा थापामगर, स्मृति गुरुङ, अस्मिता गुरुङ, लमजुङका सगुन गुरुङ, रोस्जी थापा, प्रिया गुरुङ र पूर्णिमा गुरुङ छन् । बैकल्पिक खेलाडीमा निर्जला सिग्देल, प्रिति खवास, कुसुम मगर, आस्था गुरुङ, पूर्णिमा गुरुङ र आस्थ ागिरी रहेका छन् ।

टेबल टेनिस-टेवल टेनिस महिला तर्फ कास्कीका मुना थापा, कास्कीका पार्वती श्रेष्ठ, नवलपुरका सुजाता पौडेल, कास्कीका प्रमिशा न्यौपाने र कास्कीका ज्योति गुरुङ रहेका छन् । पुरुष तर्फ कास्की शंकर धिताल, सुजन कुँवर, अनुश कुँवर, समीर केसी र सुमेश लामा रहेका छन् ।