गल्फ मन्थ्ली उपाधि थापालाई

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र १७ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-शनिबार हिमालयन गल्फ कोर्षमा आयोजित स्टेबल फोर्डमा खेलिएको खेलमा बलराम थापा च्याम्पिनय बनेका छन् । फुल ह्याण्डीक्यापमा खेलिएको खेलमा थापाले ३४ स्कोरको कार्ड बनाउँदै उपाधि जितेका हुन् ।
अर्जुन गुरुङ भने दोस्रो स्थानमा चित्त बुझाए । उनले ३२ को कार्ड बनाए । तेस्रो स्थानमा भने गुमकाजी गुरुङ रहने क्रममा ३२ कै कार्ड बनाएका थिए । उनी काउण्ट व्याकमा पछि पर्दै तेस्रो स्थानमा खुम्चिन पुगेका हुन् ।

प्रतियोगितामा २४ गल्फरले सहभागिता जनाएका थिए । प्रत्येक महिनामा गल्फ कोर्षमा प्रतियोगिता सञ्चालन हुदैं आएको छ । प्रतियोगितामा लङगेष्ट ड्राइभको पुरस्कार महेन्द्र फगामीले पाए । पिनको नजिक प्रहार गर्नेमा जीवाराम गुरुङले पुरस्कार थापे । उनीहरुलाई ले. मार्शल र कास्की जिल्ला गल्फ संघका उपाध्यक्ष ज्ञानकाजी गुरुङले पुरस्कार प्रदान गरेका थिए । ा लङगेष्ट ड्राइभको पुरस्कार महेन्द्र फगामीले पाए । पिनको नजिक प्रहार गर्नेमा जीवाराम गुरुङले पुरस्कार थापे । उनीहरुलाई ले. मार्शल र कास्की जिल्ला गल्फ संघका उपाध्यक्ष ज्ञानकाजी गुरुङले पुरस्कार प्रदान गरेका थिए ।