चारदिनपछि पोखरामा ट्रायथोलन च्याम्पियनसिप, ट्रायथोलन एकेडेमीको लागि २५ लाख बजेट

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख १० गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)- चारदिनपछि पोखरामा साउथ एशियन ट्रायथोलन च्याम्पियनसिप हुदैं छ । च्याम्पियनसिपमा सहभागि हुने नेपाली खेलाडीको उत्कृष्ठ टाईमिङको आधारमा १८ औं एशियाली खेलकुद प्रतियोगिताको लागि छनोट हुने छन् । इण्डोनेशियाका जकार्तामा हुने १८ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता हुदैं छ ।

वैशाख १५ गते पोखराको फेवातालमा ट्रायथोलन च्याम्पियनसिप गरिने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । पत्रकार सम्मेलनमा जानकारी दिदैं कास्की ट्रायथोलन संघका अध्यक्ष सुमन देवकोटाले ट्रायथोलनको स्प्रिन्ट तर्फ प्रतिस्पर्धा गराईने बताए । स्प्रिन्ट अन्तर्गत ७५० मिटर पौडी, २० किलोमिटर साईक्लिङ र ५ किलोमिटर दौड हुने छ । ‘पौडी फेवातालमा गराईने छ । दौड गौरीघाट—शहीदचोक— गौरीघाटको रुट बनाईएको छ । साईक्लिङको लागि गौरीघाट—शहीदचोक—मुस्ताङचोक हुदैै गौरीघाटको रुपट बनाइएको छ ।’ अध्यक्ष देवकोटाले भने—‘तालको पानी ल्याब परीक्षणको लागि पठाईसकिएको छ ।’ गौरीघाटदेखि शहिदचोकसम्मको दुरी पाँच किलोमिटर छ । दौड एक ल्यापमा समापन हुदाँ साईक्लिङ भने चार ल्याप(चारपटक घुम्नुपर्छ )गर्नुपर्छ ।

ट्रायथोलनलाई प्रोमोनशल गर्नको लागि अन्तराष्ट्रिय च्याम्पियनसिप गराईएको प्रष्टयाउँदै अध्यक्ष देवकोटाले राष्ट्रिय गौरवको खेलको रुपमा समेत संघले लिएको बताए । उनले साउथ एशियनसँगै ‘अन्तराष्ट्रिय ओपन कम्पिटिसन’ समेत हुने बताए । ‘एशियाली खेलकुदमा ट्रायथोलनमा नेपालले पदक जित्ने सम्भावना मध्येको खेल हो ।’ उनको भनाई थियो । साउथ एशियनमा नेपालसँगै भारत, बंगलादेश, पाकिस्तान, श्रींलकका ट्रायथोलनका खेलाडीहरुको सहभागित हुने आशा र विश्वास लिईएको छ । च्याम्पियनसिपमा महिला तर्फ २० र पुरुष तर्फ १०० जनाको सहभागिताको अपेक्षा गरिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले पोखरालाई ट्रायथोलनको गन्तव्यवस्थल बनाउने तर्फ अग्रसर हुनुपर्ने बताउँदै त्यसको लागि आवश्यक सहयोग सबैले गर्नुपर्नेमा जोड दिए । नेपाल ट्रायथोलन संघको आयोजना तथा कास्की जिल्ला ट्रायथोलन संघको व्यवस्थापनमा आयोजना हुने च्याम्पियनसिपमा नेपाली विजेता खेलाडीहरुले पदक तथा प्रमाणपत्र पाउने छन् ।

ट्रायथोलन एकेडेमी बनाउन बजेट –पोखरामा ट्रायथोलनको लागि आवश्यक पुर्वाधार निर्माण गर्न राष्ट्रिय खेलकुद परिषदले बजेट विनियोजन गरेको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नं २२ पुम्दीभुम्दीको बगर भन्ने स्थानमा ट्रायथोलनको पुर्वाधार निर्माण गर्न जिल्ला खेलकुद विकास समिति अन्तर्गत बजेट विनियोजन भएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले जानकारी दिए ।

‘परिषदले ट्रायथोलन भेन्युको लागि २५ लाख रुपैयाँ विनियोजन गरेको छ ।’ कार्यालय प्रमुख बरालले भने—‘नेपाल सरकारको नाममा रहेको पर्तीजग्गामा आवश्यक पुर्वाधार निर्माण शुरु गरिने छ ।’ उक्त भेन्युलाई दक्षिण एशियालीस्तरीय ट्रायथोलन प्रशिक्षण तथा प्रतियोगिता आयोजनास्थलको रुपमा विकास गरिने नेपाल ट्रायथोलन संघ कास्कीका सचिव समेत रहेका बरालले बताए ।  जग्गालाई वडास्तरीय बैठक बसेर ट्रायथोलन एकेडेमी निर्माणको लागि छट्टार्ईसकेका छन् ।

दक्षिण एशियालीस्तरीय ट्रायथोलन प्रतियोगिता समेत पोखरामा आयोजना गरिसकिएको छ । पुम्दीभुम्दीमा खास गरी प्रशिक्षणमा आउने खेलाडी बस्ने आभाषसहितको भौतिक पुर्वाधार तयार गरिने उनको भनाई थियो । फेवातालसँगै जोडिएको उक्त ठाँउमा ट्रायथोलन गर्न सहज हुने छ । प्राकृतिक सुन्दरताले समेत भरिएको उक्त ठाँउबाट पुम्दीभुम्दीकोट, विश्वशान्ति स्तुपा, उत्तर तर्फ फेवातालसँगै हिमाली दृष्य तथा दक्षिण तर्फ मट्टिखानको रमणीय दृष्य देखिन्छ ।

पोखराको फेवातालमा चारपटक र बेगनासतालमा एक पटक ट्रायथोलन प्रतियोगिता आयोजना भईसकेको छ । स्टाण्डर्ड र स्प्रिन्ट दुई विधामा ट्रायथोलन प्रतियोगिता गरिन्छ । स्प्रिन्ट विधामा ७५०मिटर स्वीमिङ, २० किलोमिटर साईक्लिङ र ५ किलोमिटर रनिङ हुन्छ । स्टाण्र्डड तर्फ १५ सय मिटर स्वीमिङ, ४० किलोमिटर साईक्लिङ र १० किलोमिटर दौड(रनिङ) हुने छ । एकेडेमी निर्माण गरिएको अवस्थामा ट्रायथलोन मार्फत पोखराको स्पोर्टस टुरिज्ममा नयाँ आयाम थपिने विश्वास छ ।