जिम्बावेको ध्यान पारस र सन्दिपमाथि

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन १९ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)—यतिबेला जिम्बावेको गर्मीमा दश देश विश्वकप क्रिकेट छनोट प्रतिस्पर्धामा छन् । नियमित रुपमा परेको पानीले प्रभावित बनाएको छ । सबै देश विश्वकप छनोटको यात्रा पार गर्ने अन्तिम लक्ष्यमा छन् । त्यही लक्ष्यमा नेपालले भोलि आईतबार आयोजक जिम्बावेसँग खेल खेल्दै छ । विश्वकप छनोटमा नेपाली कप्तान पारस खड्का र स्पीनर सन्दिप लामिछानेमाथि धेरैको आखाँ रहने छ ।

कप्तान खड्काले युएई विरुद्ध शतक पुरा गरे । नेपालका अनुभवी व्याट्स म्यान हुन्। सन्दीप लामिछनो भने विश्वकप क्रिकेट लिग डिभिजन २ का उत्कृष्ठ खेलाडी समेत हुन् । लामिछानेले केन्या विरुद्ध दश ओभरमा केवल २० रन दिएर पाँच विकेट लिएका थिए । लामिछाने आईपिएल र सिपिएल खेल्ने एकमात्र नेपाली खेलाडीको सौभाग्य पाएका छन् । नेपाल विश्वकपको छनोटमा नयाँ टोली बन्दा जिम्बावे भने जिम्बावेले विश्वकपको अनुभव भने लिईसकको छ । सन १९८३ मा जिम्बावेले पहिलो पटक विश्वकप खेलेको थियो । वल्र्डकप क्वालिफायरमा तीन पटक च्याम्पियन बनेको छ । सन १९८२ मा पहिलो, १९८६ र १९९० मा तीन पटक क्वालिफायर च्याम्पियन बनेको इतिहास छ । दुवैको लागि भोलिको खेल नयाँ अनुभवसँगै महत्वपूर्ण हुने छ ।

विश्वकप छनोटमै अफगानिस्तानका बलर रसिद खानले टिमको कप्तानी सम्हाल्ने सम्भावना छ । १९ वर्षकै उमेरमा वान डेमा कप्तानी गर्ने इतिहासकै कान्छो खेलाडी हुने छन् । यदि उनले कप्तानी लिए इतिहास लेखिने छ । स्कटल्याण्ड विरुद्धको खेलमा नियमित कप्तान आसहार स्टेनिकलाई कप्तानीको जिम्मेवारी दिने कम प्राथमिकता छ । अफगानिस्तानले वेष्ट इण्डिजलाई वार्म अप खेलमा पराजित गर्दै निकै आत्मविश्वासी देखिएको छ ।
विश्वकप छनोटको लागि सबैले आफनो प्रयासलाई अन्तिमसम्म लैजाने छन् । दुई समूहका दश टोलीले लिग खेल्दै सुपर सिक्स छनोट हुने छन् । त्यसपछि अन्तिम दुई टोलीले विश्वकपको यात्रा तय गर्ने छ । नेपालले जिम्बावे, अफगानिस्तान, स्कटल्याण्ड र हङकङसँग प्रतिस्पर्धा गर्ने छ । जिम्बावे र स्कटल्याण्ड नेपालको लागि नयाँ हुदाँ अफगानिस्तान र हङकङसँग खेलिरहेको अनुभव छ ।