एजेन्सी-अष्ट्रेलियाले श्रीलंकामाथि टी-२० मा जित निकाल्दा रेकर्ड बनाएको छ । टी-२० मा सर्वाधिक रनले जितेर इतिहास अष्ट्रेलियाले कोार्यो । टी-२० मा १३४ रनले पराजित गर्दै रेकर्ड बनाएको हो । यस अघिको रेकर्ड पनि अष्ट्रेलियाकै नाममा थियो । २०१८ जुलाई ३ मा अष्ट्रेलियाले जिम्बावेलाई पराजित गर्ने क्रममा १०० रनले पराजित गरेको इतिहास छ ।
आईतबार अष्ट्रेलियाले २३४ रनको लक्ष्य दिने क्रममा डेविड वार्नरले शतक प्रहार गरेका थिए । केवल ५६ बल खेल्दै वार्नरले १० चौका र ४ छक्का हिर्काए । ओपनर आरोन फिन्चले ६४ रनको उत्कृष्ठ इनिंग खेले । फिन्चले ३६ बल खेल्दै ६४ रनको योगदान दिने क्रममा ८ चौका र ३ छक्का हिर्काए । नटआउट रहँदै शतक पुरा गरेका वार्नरलाई साथ भने म्याक्सवेलले दिए । म्याक्सेवलले पनि ६२ रन जोड्ने क्रममा २८ बलमा ७ चौका र ३ छक्का हिर्काएका थिए ।
फराकिलो लक्ष्य पछ्यउने क्रममा श्रीलंका भने ९ ओभरमा ९९ रनमै समेटिएको थियो । एम.डी शान्काले मात्रै १७ रन जोडे । परेराले १६ रन बनाई आउट हुदाँ फर्नान्डो र मालिंगाले समान १३ रन जोडेका थिए । श्रीलंकालाई सस्तैमा समेट्ने क्रममा ए.जाम्पाले ३ विकेट लिए । स्टार्क र कुमिन्सले समान २-२ विकेट लिए ।