दक्षिण एशियाली सेभेन ए साईडमा नेपालको विजयी शुरुवात

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष २९ गते २०७४ मा प्रकाशित


पोखरा, पुस २९- फेवातालको किनार बाराही घाट पोखरामा शनिबारदेखि दक्षिण एशियाली सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उदघाटन खेल नेपालले विजयी शुरुवात गरेको छ ।

नेपालले उदघाटन खेलमा भुटानलाई ४—० गोल अन्तरले पराजित गरेको छ । नेपालको लागि सुनिल विकले दुई र शुशिल लामाले दुई गोल गरेका थिए । भुटानमाथि हावी देखिएको नेपालले पहिलो हाफमा सुनिल विकले ९ र २४ औं मिनेटमा गोल गरेका थिए । निर्धारित ५० मिनेटको खेलमा दोस्रो हाफमा शुशिल लामाले ४२ र ४८ औं मिनेटमा गोल गर्दै खेल नेपालको पक्षमा परेको थियो ।

प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, भुटान, माल्दिभ्स र श्रींलका सहभागिता जनाएका छन् । प्रतियोगिताको प्रदेश सांसद राजीव पहारीले उदघाटन गरेका थिए । लिगकम नकाउटको आधारमा खेलाइने छ । प्रभु बैंकको प्रायोजनामा आयोजित बाह्रौ प्रभु बैंक दक्षिण एशियाली सेभेन ए साइड फुटबल प्रतियोगिताको विजेता टोलीले २ हजार अमेरिकी डलर र उपविजेताले १ हजार अमेरिकी डलर पुरस्कार पाउने छ ।

प्रतियोगितालाई प्रभु मनि ट्रान्सफर, माछापुच्छ«ृे ब्रिक फ्यान्ट्री प्रालि, दीप हाउजिङ, गोर्खा ब्रुअरीको उत्पादन सानमिगेल वियर र रेडबुलले प्रायोजन गरेका छन् । नेपालले सातौं दक्षिण एशियाली सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको थियो ।