दि माईटी महिलाजलाई गोलको भारी

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ ११ गते २०७६ मा प्रकाशित


काठमाडौं(खेलाडी न्युज)- तेस्रो महिला प्रिमियर फुटसल लिग अन्तर्गत शनिबार भएको खेलमा ढुकु फुटसल, फुटसल एरिना, कुमारी फुटसल र एबीसीले जित हात पारेका छन् ।

मण्डिखाटारस्थित ग्रासरुट रिक्रेसनल सेन्टर भएको तेस्रो संस्करणको महिला प्रिमियर लिग फुटसल अन्तगर्त दोस्रो साताको खेलमा ढुकुले दि माइटी महिलाजलाई १५–२ को फराकिलो गोल अन्तरल पराजित ग¥यो । यस्तै फुटसल एरिनाले लाखुर फुटसललाई ३–१, कुमारी फुटसलले बार्सा नेपाललाई ३–२ तथा एबिसीले एमयुएफसी नेपाली गल्सलाई ४–२ ले स्तब्ध पारेका हुन् ।

युरोपियन युनियनको मुख्य प्रायोजनमा ६ सातासम्म सञ्चालन हुने प्रतियोगिता हरेक साताको शनिबार मात्र खेल हुनेछ । महिलाहरूलाई खेलमा सक्रियता बढाउने उद्देश्यका साथ सञ्चालन गरिएको प्रतियोगितामा शनिबार दोस्रो साताका खेल सम्पन्न हुँदा कुमारी फुटसलले तीन खेलमा स्पष्ट जित निकाल्दै शीर्षता कायम राखेको छ । कुमारीको ९ अंक रहेको छ । समान ३ खेल खेलेबाट २ मा जित निकाल्दा समान ७ अंक जोडेका ढुकु फुटसल, लाखुर फुटसल, फुटसल एरिना र एबिसी क्रमश दोस्रो, तेस्रो, चौथो र पाँचौ स्थानमा छन् ।

तीन खेलबाट एकमा मत्र जित निकालेको एमयुएफसी नेपाल गल्र्स छैठौं स्थानमा अटाउँदा बार्सा नेपाल र दि माइटी महिलाज जित विहिन छन् । ८ टोलीको सहभागिता रहेको प्रतियोगिताका विजेतालाई प्रायोजकले नेपालमा नै उत्पादन भएका सामग्री पुरस्कार प्रदान गर्नेछ ।