धनगढीद्वारा अत्तरिया पराजित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र १९ गते २०७४ मा प्रकाशित


man of the match lalit

धनगढी(खेलाडी न्युज)—धनगढी टिम चौराहाले सिवाईसी चौराहालाई तीन विकेटले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ । जितको लागि पाएको १५१ रनको लक्ष्यलाई धनगढीले अन्तिम चारबल बाँकी छदाँ लक्ष्य पुरा गर्दै खातामा २ अंक जोड्यो । चौथो बलमा दुई रन जोड्दै जित सुनिश्चित बनाएको थियो ।

जितसँगै प्लेअफको लागि सम्भावना बलियो बनाएको छ । राजेश पुलामी र रोहन मुस्ताफाले २२ र २५ रनको योगदान दिदैं उकासेपछि जितको लागि सहज बनेको थियो । यद्यपी आर रिजाल १०, एस धमलालाई ६ रनमै गुमाएको थियो । एस रानालाई पनि ७ रनमा गुमाएपछि धनगढी दबावमा रहेको थियो ।

घरेलु क्रिकेटमा पुनरागमन गरेका सुवास खकुरेलको टिम सिवाईसी अत्तिरियाले पी तामाङ र भी चन्द्रको २८—२८ रनको योगदानमा धनगढी टिम चौराहालाई जितको लागि १५१ रनको लक्ष्य दिएको थियो । आठ विकेटको क्षतिमा के. भुर्तेलले २५ रन हिर्काए ।

भी चन्द्रले नटआउट २८ रनको योगदान दिदैं टिमलाई उकास्ने प्रयासमा थिए । विदेशी खेलाडी एस झोरा केवल दुई रनमै एलबी डब्लुको शिकार भए । एस उराओ भने शून्य रनमा नटआउट बसे । उनले बलको सामना गर्न भने पाएनन् । कृष्ण कार्कीले १४ रन हिर्काए ।

दिपेन्द्रसिंह ऐरीले १९ रनको योगदान दिदाँ कप्तान सुवास खकुरेल भने १३ रनमा पवेलियन फर्किए । उनी सोमपाल कामीको बलमा आउट भएका थिए । ऐरी भने रोहन मुस्तफाको बलमा एलबी डब्लुको धरापमा परे । जी.चितकरा पनि १३ रनमै आउट भए । उनी समसद शेखको बलमा क्याच हुन पुगे ।