पोउवासंघ अब टोल टोलमा पुर्याउने मेरो प्रतिबद्धता– पवन प्रजापति

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र ३० गते २०७५ मा प्रकाशित


पोखरा-काम गर्दा अनुभवीको खाँचो छ । भनाई पनि छ अनुभवीलाई लिएर काम गर्नुपर्छ । पोखरा उद्योग वाणिज्य संघमा अहिले त्यस्तै अनुभवको खाँचो प्रष्ट देखिएको छ ।

कार्यसमितिमा दुई कार्यकाल विताईसकेका पवन प्रजापतिले आफनो अनुभवनलाई पोखरा उद्योग वाणिज्य संघको ३२ औं महाविधवेशनमा उपाध्यक्ष(वाणिज्य) तर्फ चुनावी अभियानमा छन् । घरदैलोमा व्यस्त छन् । महाधिवेशनको पुर्वसन्ध्यामा परिचय मार्फत आफनो एजेण्डाको गाँठो फुकाए ।

भोटिङ शुल्क देखाएपछि पार्किङ शुल्क नलाग्ने एजेण्डाको रुपमा कोषाध्यक्ष हुदैं उठाएको बताए । तर कोषाध्यक्ष हुदाँको समयमा भन्दा पनि अर्को पटक हुन सक्छ भन्ने महानगरपालिकाले बताएको प्रष्ट्याए । त्यतिबेलाको आफनो एजेण्डालाई पुरा गर्न नसकेकोप्रति उनले क्षमा माग्दै कोषाध्यक्ष हुदाँ भलाई कोष स्थापना गरेको बताए ।

व्यवसायीलाई पर्ने पीर मर्का परेको बेला केही राहत दिने गरी राहतकोष स्थापना गरेको बताउँदै केही व्यवसायीलाई राहत प्रदान गरिएको स्पष्ट पारे । पोखरा उद्योग वाणिज्य संघमा महानगरपालिकामा केही भूमिका नभएकोप्रति इंगित गर्दै उनले करको विषयमा पटक पटक भेटघाट गरी विज्ञप्ति जारी गरेको सुनाए । करको दर बढी भयो भन्दै पटक पटक छलफल गरिएको स्पष्ट पारे ।

उपाध्यक्षमा भोट किन दिने भन्ने विषयमा पनि प्रष्टयाउँदै उनले कोषाध्यक्ष हुदाँ एक पैसा यता हुदाँ हुने गरी काम नगरेको ठोकुवा गरे । ‘म विश्वासमा काम गर्ने मान्छे हुँ । लोभ लालचा छैन् । चिया पनि आफनै पैसाले खानुपर्छ भन्ने मान्छे । केही गर्न सकिएन होला । तर निस्वार्थ रुपमा काम गरेको छु ।’ उनले भने ।

वाणिज्यका उम्मेदवार प्रजापतिले सिंहदरबार घरघरमा भने जस्तै पोखरा उद्योग वाणिज्य संघ टोल टोलमा जाने बताए । उनले दुई वर्षमा एक पटक भोट माग्न आउँछन् भन्ने गुनासोलाई सम्बोधन गर्न हप्ता, दुई हप्तामा एक पटक महिनामा टोल टोलमा कमिटि गठन गर्छौ । त्यहाँ समस्याहरु बारे छलफल गरी निकास निकाल्ने प्रयत्न गर्ने छौं । घर घरमा जाने प्रतिबद्धता जाने । उनले पोखरा उद्योग वाणिज्य संघ बोर्डरमा पुगेर सम्बन्धित उद्योग वाणिज्य संघसँग समन्वय गरी समस्याको बारेमा बुझ्दै समाधान गर्ने बताए ।

अन्तिममा उनले आफनो ३२अ‍ैं महाधिवेशनको लागि वाणिज्य तर्फको उपाध्यक्षमा क्रम संख्या १ भएको उल्लेख गर्दै रविन्द्रबहादुर प्रजु प्यानललाई मतदान गर्न आग्रह गर्दै विदा भएका थिए । खेलकुद, चलचित्र र सामाजिक क्षेत्रमा उनको महत्वपूर्ण योगदान छ । सायद उनी सदस्य एवं कोषाध्यक्ष हुदाँ नै व्यापार मेलाकै समयमा मिष्टर पोखरा शारीरिक सुगठन प्रतियोगिता गरेका थिए । उनी आफैंमा पोखरा शारीरिक सुगठन संघका अध्यक्ष हुन भने कास्की जिल्ला बडिविल्डिङ संघका उपाध्यक्ष एवं कबड्डी संघका बरिष्ठ उपाध्यक्ष समेत हुन् ।